मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपसँग ‘एक्लो’बाट डेब्यू गर्दै कविता

फिल्मीखबर, काठमाडौं, 2024/04/01

movie eklo

 

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’मा मुख्य कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमालको जोडी बाँधिन लागेको फिल्ममा अभिनेता विजय लामा अघिल्लो साता अनुबन्ध भएका थिए । अब सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीको प्रवेश भएको छ । अभिनेत्री दीया पुनको पनि विशेष भूमिकामा रहने जनाइएको छ ।

कविताको यो डेब्यू फिल्म हुनेछ । एक सय हाराहारी म्यूजिक भिडियोमा काम गरिसकेकी उनी डान्स रियालिटी शो ‘बुगी बुगी’को पहिलो संस्करणकी विजेता हुन् । यसअघि उनले फिल्म ‘सायरा’बाट डेब्यू गर्ने निश्चित भएको थियो । तर, यो फिल्मै बनेन । उनले ‘प्रेमगीत ३’का लागि अडिसन पनि दिएकी थिइन् । नृत्यमा पोख्त मानिएकी कविता अब ‘एक्लो’बाट अभिनयको परीक्षा दिँदैछिन् ।

निर्देशक शाहीकै लेखन रहेको फिल्ममा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्मातामा छन् । शाई प्रडक्सन नेपालको निर्माणमा बन्न लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । यो फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले जानकारी गराएका छन् । यसअघि उनले दुई फिचर फिल्म ‘अन्तिम संस्कार’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को निर्देशन गरेका छन् ।