मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसन्तको ‘ज्वाइँ साब’मा जितु

फिल्मीखबर, काठमाडौं, 2024/04/01

jitu nepal

 

दीपक-दीपा समूहबाट अलग्गिएपछि अभिनेता जितु नेपालले स्वतन्त्र रुपमा बाहिरी फिल्ममा काम गर्दै आइरहेका छन् । गत वर्ष उनी अभिनीत फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो भने चाँडै फिल्म ‘कार्साङ’मा काम गर्दैछन् । अब उनको पाइपलाइनमा अर्को फिल्म थपिएको छ । निर्देशक बसन्त निरौलाको आगामी फिल्म ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

फिल्ममा उनले ज्वाइँको भूमिकामा अभिनय गर्ने जनाइएको छ । अर्थात् फिल्म नै उनीमाथि केन्द्रित हुनेछ । राज कुमार पण्डितको निर्माण रहने फिल्मले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा भन्ने निर्देशक निरौलाले बताए । रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्य गरेर निर्माण गर्न लागेको फिल्मलाई आगामी वर्ष (२०८१)को तिहारमा प्रदर्शन गरिँदैछ ।

फिल्मको निर्माताहरुमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ छन् भने विजय बस्याल कार्यकारी निर्माता हुन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन रहेको फिल्मको आगामी बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने तयारी भइरहेको छ । निर्देशक निरौलाले यसअघि आफूले निर्देशन गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने दाबी गरेका छन् ।