मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द्वियौनिक महिलाको कथामा ‘मीरा’, यस्तो छ पोस्टर

फिल्मीखबर, काठमाडौं, 2024/03/31

 

अनिता पण्डितको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को दुई पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । एउटा पोस्टरमा अनिता पण्डित र सुरवीना कार्की रोमान्टिक भावमा प्रस्तुत छन् । अर्थात् फिल्मले लैङ्गिक र यौनिक विषय उठाएको पोस्टरले पुष्टि गर्छ । फिल्मको प्रदर्शन मिति भने निश्चित भइसकेको छैन ।

अटिजम भएको एक बच्चाको समस्या र प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने द्वियौनिक महिलाको कथामा फिल्म बनेको निर्देशक पण्डितले जानकारी गराएकी छन् । अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा फिल्मले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । केही दिनमा ट्रेलर रिलिज गरेर लक्षित दर्शकहरुलाई विशेष शोमार्फत् फिल्म देखाउने तयारीमा अनिता छिन् ।

फिल्ममा अनिता र सुरवीनासहित निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरे लगायतको अभिनय छ । आश्वि फिल्मसले निर्माण गरेको फिल्ममा अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ । विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेको फिल्ममा सोहन पण्डित सह-निर्मातामा छन् ।