मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मीरा’ ट्रेलरमा फरक यौन चाहना हुने महिलाको कथा

फिल्मीखबर, काठमाडौं, 2024/04/02

Anita Pandit and Surabina Karki

 

विश्वमै फिल्मको प्रदर्शन मिति घोषणा गरेपछि मात्र ट्रेलर सार्वजनिक गर्ने ट्रेन्ड बनेको छ । तर, नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को प्रदर्शन मिति घोषणा नहुँदै ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथालाई चित्रण गरिएको छ । साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्शाइएको छ ।

लेखक तथा निर्देशक अनिता पण्डितले केही दिनमा लक्षित दर्शकहरुलाई विशेष प्रदर्शनीमार्फत् फिल्म देखाउने तयारी भइरहेकाले ट्रेलर सार्वजनिक गरिएको जनाएकी छन् । हलमा भने आगामी वर्ष रिलिज गर्ने उनको योजना छ । बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने आमाको सङ्घर्षपूर्ण कथामा फिल्म केन्द्रित रहेको उनले स्पष्ट पारेकी छन् ।

फिल्ममा अनिता स्वयंको मुख्य भूमिका छ भने सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की, बाल कलाकार आश्वि घिमिरे लगायतको पनि अभिनय छ । फिल्ममा अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ । विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेको फिल्ममा सोहन पण्डित सह-निर्मातामा छन् ।