मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दुई वर्षमा पूजाको फ्लपमा ह्याट्रिक

फिल्मीखबर, काठमाडौं, 2024/04/02

No photo description available.

 

फिल्मको सफलता र असफलता दुवै कलाकारको हातमा हुँदैन । तर, यसले करिअरमा भने ठूलो अर्थ राख्छ । फिल्म सफल हुँदा करिअर सन्तुलित रहन्छ । फ्लपले संकटको अवस्थामा पुर्‍याउँछ । यसैले हरेक कलाकार फिल्मको सफलता नै चाहन्छन् । यसको अझ बढी दबाब ‘स्टार’ मानिएका कलाकारलाई हुन्छ । किनकि, फिल्म फ्लप हुँदा सीधै उनीहरुको स्टारडममाथि प्रश्न उठाइन्छ ।  

पूजा शर्मा पनि ‘स्टार’ अभिनेत्रीमा गनिन्छिन् । ‘प्रेमगीत’पछिका केही फिल्ममा उनको स्टारडम देखिएको थियो । तर, गएको दुई वर्षमा उनले फ्लपमा ह्याट्रिक गरिसकेकी छन् । यो उनका लागि चिन्ताको विषय हो । गत वर्ष उनका दुई फिल्म ‘सम्झना विर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका थिए । तर, यी दुईवटै फिल्मले उनलाई तिरेको पारिश्रमिक समेत उठाउन सकेनन् ।  

यस वर्षका लागि पूजा अभिनीत फिल्म ‘उपहार’ गत फागुनमा प्रदर्शन भयो । फिल्ममा बलियो ‘स्टारकास्ट’ भएकाले उनलाई ठूलो आशा थियो । तर, यसले पनि उनको फ्लप श्रृंखला रोक्न सकेन । योसँगै दुई वर्षमा उनको फ्लपमा ह्याट्रिक भएको छ । र, तीनवटै फिल्ममा उनको भूमिका र अभिनय प्रभावशाली देखिएको थिएन । जसले गर्दा तीनै फिल्म उनका लागि विर्सनलायक बनेका छन् ।

अब उनको प्रतिक्षा भनेको फिल्म ‘दाम्भी’लाई लिएर छ । चरित्रचित्रणको हिसाबले यो उनको करिअरकै लागि महत्त्वपूर्ण छ । उनी पहिलोपटक एक्सन भूमिकामा देखिँदैछिन् । यो फिल्म उनकै काँधमा भएकाले व्यवसायिक दबाब ठूलो छ । फ्लप श्रृंखला रोक्न र ‘स्टार’को दौडमा आफूलाई कायम राख्न पूजालाई यसको सफलता जरुरी छ । एकहिसाबले यो उनको स्टारडमको परीक्षा हुनेछ ।