मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’को अष्ट्रेलिया र अमेरिकामा ११ सय बढी शो हुने

फिल्मीखबर, काठमाडौं, 2024/04/02

digri maila movie

 

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को ट्रेलर रिलिजपछि विदेशमा समेत माग चर्किएको छ । अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको कम्पनी सेभेन सीज इन्टरटेनमेन्टले अमेरिका, अष्ट्रेलिया, फिनल्यान्ड, डेनमार्क, साइप्रस, माल्टा, नर्वे जस्ता देशमा फिल्म बिक्री गरिसकेको छ । विदेशमा समेत नेपालकै मितिमा फिल्म प्रदर्शन हुनेछ ।

अष्ट्रेलिया र अमेरिकामा मात्र फिल्मको ११ सय बढी शो हुने भएको छ । अष्ट्रेलियामा ४ सय बढी र अमेरिकामा ७ सय बढी शो हुने वितरक कम्पनी सेभेन सीजको दाबी छ । अष्ट्रेलियामा फिल्मको बुकिङ समेत खुलिसकेको छ । ‘कबड्डी’ समूहको फिल्म भएकाले विदेशमा ‘डिग्री माइला’ले सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । किनकि, यो समूहका प्रायः फिल्म विदेशमा राम्रो चलेका छन् ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई र आँचल शर्माको जोडी बाँधिएको छ भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । शैक्षिक बेरोजगारको कथामा आधारित भएर बनेको फिल्मलाई शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका हुन् । ट्रेलर रिलिजपछि चुलिएको चर्चा हेर्दा फिल्मले आक्रामक व्यापार गर्ने देखिन्छ ।