मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्लो’मा अन्तरिक्ष यात्री बन्दै प्रदीप

फिल्मीखबर, काठमाडौं, 2024/04/08

eklo

 

अभिनेता प्रदीप खड्काले फिल्ममा ‘लभर ब्वाई’को छवि बनाएका छन् । ‘प्रेमगीत’पछि उनले यस्तै चरित्रलाई बढी प्राथमिकता दिए । ‘प्रकाश’बाट भने आफ्नो ‘कम्फर्ट जोन’ त्यागेका उनले यसपछि चरित्रमा विविधता खोज्ने प्रयास गरिरहेका छन् । आगामी फिल्म ‘पूजार सार्की’मा दमाहा बजाउने दमाईको भूमिका निर्वाह गरेका उनी नयाँ फिल्म ‘पिताम्बर’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् ।

अब अर्को फिल्म ‘एक्लो’मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका छन् । सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा एक अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी प्राप्त छ । पोस्टरको नेपथ्यमा भने जोम्बी अनुहार (मृत व्यक्तिलाई पुनर्जीवित बनाउने अलौकिक शक्ति)लाई चित्रित गरिएको छ ।

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो फिल्म तीन श्रृंखलामा निर्माण हुनेछ । यसमा प्रदीपको जोडी अभिनेत्री बेनिशा हमालसँग बाँधिनेछ । सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । डान्सरको रुपमा परिचित कविताले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछिन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको ‘एक्लो’मा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । अहिले सेट डिजाइन र प्रि-प्रोडक्सनको काम भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले जानकारी गराएका छन् । उनले नेपालमै पहिलोपटक अन्तरिक्षमा जाने रकेट सुटको निर्माण भइरहेको बताए । आगामी वर्षको साउन अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।