मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ पोस्टर : रेयरको सम्झनामा नीति

फिल्मीखबर, काठमाडौं, 2024/04/08

Khajure bro

 

आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’बाट नीति शाहले अभिनयमा डेब्यू गरेकी छन् । यसकारण पनि यो फिल्मप्रति धेरैको चासो छ । तर, एक हप्ता अगाडि सार्वजनिक गीतमा ८ सेकेण्डमा सीमित भएपछि भने फिल्ममा उनको उपस्थिति कमजोर त छैन भन्ने आशंका उब्जिएको छ । सोमबार सार्वजनिक एक पोस्टरमा पनि उनी प्राथमिकतामा परेकी छैनन् ।

पोस्टरमा नीति अभिनेता रेयर राईको सम्झनामा चित्रित छिन् । उनी मुस्कुराएको भावमा प्रस्तुत छिन् । पोस्टरमा रेयर हाँस्दै बाइक चलाइरहेका छन् भने उनकै बाइकमा बसेका अभिनेता महेश त्रिपाठीलाई पैसाको बिटोसँग रमाइरहेको देखिन्छ । अर्का कलाकार नविन मानन्धर डिग्रीको उपाधि प्राप्त गर्दा लगाउने पोशाकमा चित्रित छन् । पोस्टरले फिल्म पैसा र प्रेमको वरिपरि घुम्ने बुझाउँछ ।

सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा प्रकाश भुजेल, विनिता थापा मगर, प्रेम सुब्बा, पुस्कर कार्की, मनिष राउत, शान्तिला तामाङ, सुष्मा निरौला, सुजाता राई, पवन लिम्बु, दीप चन्द्र राई लगायतको अभिनय छ । नविन मानन्धर तथा निर्देशक सुनुवारको निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।