मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पुष्पा २’ टिजरमा साडी लगाएर दुश्मनसँग भिड्दै अल्लू अर्जुन

एजेन्सी, काठमाडौं, 2024/04/08

allu arjun

 

सन् २०२१ को सफल तेलुगु फिल्म ‘पुष्पा’को सिक्वेल आगामी साउन ३१ गते अर्थात् अगस्त १५ मा प्रदर्शन हुँदैछ । फिल्मका मुख्य अभिनेता अल्लू अर्जुनको ४२औं जन्मदिनको अवसर पारेर सोमबार टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ८ सेकेण्ड लम्बाईको टिजरमा उनी पुरानै स्टाइल र अन्दाजमा प्रस्तुत छन् । तर, उनको लुक्स भिन्न छ । उनी माता कालीको गेटअपमा देखिएका छन् ।

टिजरमा उनी हातमा त्रिशूल लिएर घुँडामा घुँघुरा, कानमा झुम्का, आँखामा गाजल र साडी लगाएर दुश्मनसँग लडिरहेको देखिन्छन् । धार्मिक आयोजनको पृष्ठभूमिमा यो सिन तयार पारिएको छ । सुकुमारको निर्देशनमा तयार भएको फिल्ममा अल्लूको अपोजिटमा अभिनेत्री रश्मिका मन्दाना छिन् । फहाद फाजिल, धनञ्जय, राव रमेश, सुनिल र अनसूया भारद्वाजको पनि फिल्ममा अभिनय छ ।

‘पुष्पा’मा रक्तचन्दनको तस्करीसँगै पुष्पाराज (अल्लू) र श्रीवल्ली (रश्मिका)को प्रेमलाई देखाइएको थियो भने क्लाइमेक्समा पुष्पाको शेखावत (फहाद)सँग लडाइँपछि श्रीवल्लीसँग विवाहको दृश्य समावेश थियो । अब सिक्वेल बदलाको कथामा केन्द्रित हुने देखिन्छ । पाँच भाषामा प्रदर्शन हुन लागेको यो फिल्म ५ सय करोडमा बनेको हो । ‘पुष्पा’ले भारतमा ३ सय १३ करोडमाथि कमाएको थियो ।