मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतिलाई हतारो

फिल्मीखबर, काठमाडौं, 2024/04/10

Niti Shah

 

कलाकारको मुल्यांकन कामको हिसाबले गरिन्छ । र, कामकै आधारमा उसको अगाडिको यात्रा तय हुने हो । तर, अभिनेत्री नीति शाहको हकमा अलग देखिएको छ । लामो संघर्षपछि उनको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यू भयो । यो फिल्म रिलिज नभइसकेकाले उनको कामको मुल्यांकन हुन बाँकी नै छ । तर, यतिबेला फिल्ममा उनको माग हेर्दा न मेकर न नीति स्वयंमा धैर्यता भन्ने देखिन्छ ।

‘खजुरे ब्रो’अघि नीतिले चारवटा फिल्म ‘हतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ सम्झौता गरेकी थिइन् । यी फिल्म बनेका भए उनको डेब्यू ‘स्टार नायक’बाट हुने थियो । तर, त्यो हुन सकेन । अब उनको अभिनयको परीक्षा ‘खजुरे ब्रो’बाट हुनेछ । यो फिल्मबाट प्राप्त हुने प्रतिक्रिया उनका लागि महत्त्वपूर्ण छ । तर, यसको नतिजा कुर्नुभन्दा पनि उनलाई नयाँ फिल्ममा जोडिन हतारो बढी देखिन्छ ।

उनले गत फागुनमा सविर श्रेष्ठको निर्देशन रहने फिल्म ‘रुखान’ सम्झौता गरिसकेकी छन् । यही साता मात्र उनी अर्को फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भइन् । यी दुवै फिल्म उनले बैशाखपछि गर्नेछिन् । उनले अरु दुई फिल्म ‘राजा’ र ‘बलिदान’मा पनि काम गर्ने चर्चा छ । यसरी हेर्दा उनको माग गजब देखिन्छ । डेब्यू फिल्म रिलिज नहुँदै उनीप्रति देखिएको मेकरको विश्वास पनि अद्भूत छ ।

‘खजुरे ब्रो’ले व्यापारिक सफलता प्राप्त गरेको अवस्थामा नीतिको माग थप चुलिनेमा दुईमत छैन । अभिनयको प्रशंसा भए मात्र पनि उनलाई ठूलो राहत मिल्नेछ । अन्यथा उनको अगामी यात्रा कठीनपूर्ण हुनसक्छ । यसैले उनका लागि ‘खजुरे ब्रो’को नतिजा एकदमै अर्थपूर्ण छ । तर, उनलाई यो फिल्मको रिलिजसम्म कुर्ने धैर्यता नै देखिँदैन । कतै रिलिजपछि के हुने हो भन्ने डर त भएको होइन ?