मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीलाई ७ महिना कुरेर बनेको ‘लण्डन टू पेरिस’

फिल्मीखबर, काठमाडौं, 2024/04/10

SAMRAGYEE RL SHAH, NISCHAL KHADKA, KABIR KHADKA

 

अभिनेत्री साम्राज्ञी आरएल शाहको डेब्यू जति सुखद् भयो, त्यसपछिको यात्रा सहज देखिएको छैन । उनका एकपछि अर्को फिल्म असफल भइरहेका छन् । अभिनयमा पनि उनको परिपक्वता देखिन सकेको छैन । अब उनको ठूलो आशा आगामी फिल्म ‘लण्डन टू पेरिस’मा छ, जुन आगामी जेठ २५ गतेबाट प्रदर्शन हुँदैछ । यसमा उनको जोडी नव-अभिनेता निश्चल खड्कासँग बाँधिएको छ ।

निर्देशक घनश्याम लामिछाने फिल्मका लागि साम्राज्ञीलाई ७ महिना कुरेको बताउँछन् । मंगलबार गीत रिलिज कार्यक्रममा उनले भने, ‘फिल्ममा सही ‘कास्ट’ भएन न कलाकारलाई राम्रो हुन्छ न मेकरलाई । यो रोलका लागि मैले साम्राज्ञीलाई ६/७ महिना कुरेको थिएँ । सही ‘कास्ट’ हुनुपर्छ भनेरै साम्राज्ञी र निश्चलको जोडी लिएका हौं । र, नयाँ जोडी फिल्म क्षेत्रले पाउँछ भन्नेमा म विश्वस्त छु ।’

फिल्ममा नयाँ शैलीको प्रेमकथा रहेको घनश्यामको जिकिर छ । र, फिल्मको सबैभन्दा सक्षम पक्ष उनलाई कन्टेन्ट लाग्छ । ‘मलाई एउटा लेभलको कन्फिडेन्ट छ कि फिल्मले दर्शकको मन जित्नेछ,’ उनी अगाडि भन्छन्, ‘यो फिल्मको सबैभन्दा सक्षम पक्ष कन्टेन्ट हो । त्यसलाई जीवन्त उतार्न मलाई सजिलो भयो । किनकि, राम्रो स्क्रिप्ट भयो भने त्यसलाई उतार्न सहज हुन्छ भन्ने मलाई लाग्छ ।’

 

SAMRAGYEE RL SHAH, NISCHAL KHADKA, KABIR KHADKA,


फिल्मको मेकिङलाई उनी अहिलेसम्मको स्तरीय मान्छन् । ‘यो लेभलको मेकिङ नेपाली फिल्ममा सायदै देखिएको होला । कन्टेन्ट र प्रस्तुतिकरणको मीठो समायोजन छ यसमा । यो एउटा म्यूजिक लभस्टोरी हो,’ निर्देशक लामिछानेले भने । ‘लण्डन टू पेरिस’को अधिकांश छायांकन लण्डनमा भएको हो । त्यहाँ कानुनी रुपमा नै अनुमति लिएर फिल्मको छायांकन गरिएको उनको भनाई छ ।