मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ईदमा समेत छैन बलिउड फिल्मको माहोल

एजेन्सी, मुम्बई, 2024/04/09

Bade Miyan Chote Miyan vs Maidaan Box Office: Ajay Devgn's Last 3 Films  Made 138% Higher Earnings Compared To Akshay Kumar - Will Khiladi Bounce  Back With His Eid Release?

 

सुपरस्टार सलमान खानलाई बलिउडमा ईदको पर्याय मानिन्छ । किनकि, उनका अक्सर फिल्म ईदमा नै रिलिज हुन्छन् । र, बक्स अफिसमा ठूलो रेकर्ड बनाउँछन् । तर, यसपटकको ईदमा उनको फिल्म छैन । यसैले बलिउडमा माहोल पनि सुखद् देखिएको छैन । यद्यपि, ईदमा दुई ठूला फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ प्रदर्शन हुँदैछ । तर, दुवै फिल्मको माहोल निराशाजनक छ ।

यसअघि दुवै फिल्म अप्रिल १० (बुधबार)बाट रिलिज हुने तय भएकोमा अब ११ अप्रिल (बिहीबार)बाट प्रदर्शनमा आउने भएका छन् । किनकि, यसपटक ईद ११ अप्रिलमा परेको छ । अप्रिल १० मा भने दुवै फिल्मको पेड प्रिमियर राखिएको छ । यसपटकको ईदमा सूर्य अस्ताउने र उदाउने समय परिवर्तन हुने भएपछि यी दुवै फिल्मलाई बिहीबारबाट पूर्ण रुपमा हलमा रिलिज गर्न लागिएको हो ।

तर, दुवै फिल्ममा ठूला स्टार भए पनि बुकिङ कमजोर देखिएको छ । शनिबारबाट दुवै फिल्मको बुकिङ खुलेको थियो । इन्डियन एक्सप्रेसका अनुसार, अक्षय कुमार र टाइगर श्राफ स्टारर ‘बडे मियाँ छोटे मियाँ’ले मंगलबार बिहानसम्म भारतमा १६ हजार टिकट बेचेर ३८ लाख कमाई गरेको छ । त्यस्तै, अजय देवगनको ‘मैदान’ले १२ हजार टिकट बेच्दै २७ लाख कमाएको दाबी गरिएको छ ।

‘मैदान’को तुलनामा ‘बडे मियाँ छोटे मियाँ’ले ठूलो मात्रामा शोज पाएको छ । थ्रीडीसहित तेलुगु तथा तमिल संस्करणमा पनि रिलिज हुन लागेको फिल्मले भारतभर ४ हजार शोज पाएको छ भने ‘मैदान’लाई ३ हजार आसपास शोज प्राप्त छ । बुकिङको ट्रेन्ड हेर्दा यी दुवै फिल्मको ओपनिङ कमजोर हुने देखिन्छ । यो अवस्थामा दुवै फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।