मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक हप्ता पछि सर्‍यो दयाहाङको ‘गाउँ आएको बाटो’

फिल्मीखबर, काठमाडौं, 2024/04/27

A ROAD TO A VILLAGE

 

‘नुमाफुङ’ निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर गरिएको छ । पूर्वघोषित मिति जेठ १८ गतेबाट पोस्टपोन्ड भएर फिल्म एक हप्ता पछाडि सरेको छ । अब यो फिल्म जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर भने मिल्ने छैन । किनकि, यसअघि नै फिल्म ‘लण्डन टू पेरिस’ले जेठ २५ गतेलाई ‘बुक’ गरिसकेको छ । यद्यपि, दुवै फिल्म फरक विषयमा बनेका छन् ।  

प्रदर्शन मिति हेरफेर भएसँगै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सीज इन्टरटेन्मेन्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । शनिबार फिल्मका निर्माता र वितरक कम्पनीका प्रतिनिधिबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन गर्ने गरी फिल्मलाई एक हप्ता पछि सारिएको जनाइएको छ ।

विश्वका प्रतिष्ठित महोत्सवहरु घुमिसकेको ‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको फिल्मले दुर्गम गाउँमा सडक र गाडी पुगेपछिको एउटा परिवारको कथालाई उठाएको छ ।  

अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् । निर्देशक सुब्बा र महेश राईको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् । ‘गाउँ आएको बाटो’ टोरोन्टो, गोटेबर्ग, बुसान, पुणे, बेइजिङ जस्ता फेस्टिभलमा छनोट भएर प्रदर्शन भइसकेको छ ।