मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप

फिल्मीखबर, काठमाडौं, 2024/04/27

Rishi Raj Acharya

 

निर्देशक ऋषिराज आचार्यले ४४ दिनमा आफ्नो नयाँ फिल्म ‘द्रौपदी’को छायांकन सकाएका छन् । गत फागुन अन्तिममा डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभसाइत गरेपछि छायांकन सुरु गरिएको फिल्मको शुक्रबार नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डो तालमा अन्तिम दृश्य खिचियो । नारी प्रधान विषयमा निकै मिहिनेत गरेर फिल्म बनाएको निर्देशक आचार्यले बताएका छन् । स्क्रिप्ट लेख्न मात्र चार वर्ष लागेको उनको भनाई छ ।

फिल्ममा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । गायक ओडले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । यसमा मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत तथा विजय आचार्यको कला निर्देशन छ ।

फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयं छन् भने उनलाई विष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवालीले निर्माणमा सघाएका छन् । खेमराज भण्डारी र ऋतु आचार्य सह-निर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् । फिल्मलाई यसै वर्ष प्रदर्शनको तयारी गरिएको छ ।