Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्की साइँला’को ‘लग्यौ परान’ गीतमा ‘मुन्नी’सँग नाचे जितु

फिल्मीखबर, काठमाडौं, 2026/08/04

Jitu Nepal, Priyana Acharya

 

संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेय अगस्ती र बेनिशा पौडेलको स्वरमा रहेको लोक शैलीको गीत दर्शकमाझ ल्याइएको हो । गीतमा विष्णु नेपालीको शब्द तथा संकेत अगस्तीको संगीत रहेको छ । 

पोखराको बेगनास ताल क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)ले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा उनीहरूलाई रोमान्टिक अवतारमा पनि देख्न सकिन्छ । गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । फिल्ममा यो गीत ‘ड्रिम सिक्वेन्स’को रूपमा रहने जनाइएको छ । 

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा जितु र प्रियनासहित शुशील पोखरेल, विरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य, गणेश राजभण्डारीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रूपमा छन् ।

अनन्त राई कार्यकारी निर्माता रहेको फिल्ममा डम्बर राईको कथा, सविन अधिकारी र शंकर धितालको लेखन, पटकथा तथा संवाद, डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत तथा कमल राईको नृत्य निर्देशन रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।