मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ हलमा, नीतिको परीक्षा

फिल्मीखबर, काठमाडौं, 2024/05/10

niti shah

 

पूर्वमिस इन्टरनेशनल नेपाल नीति शाहको फिल्मी करिअरको परीक्षा सुरु भएको छ । उनको पहिलो फिल्म ‘खजुरे ब्रो’ले शुक्रबार (बैशाख २८)बाट प्रदर्शन थालेको छ । यो फिल्मको नतिजाले उनको करिअरमा निकै ठूलो अर्थ राख्नेछ । व्यावसायिक सफलता या अभिनयको प्रशंसामध्ये कुनै एउटा मात्रै भए पनि उनको आगामी यात्रा सहज हुनेछ । उनकै कारण यो फिल्मप्रति धेरैमा चासो छ ।

फिल्मले मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको छ । यद्यपि, केही शोजहरुमा अकुपेन्सी राम्रो देखिन्छ । अब ‘वर्ड अफ माउथ’ कस्तो रहनेछ, त्यसले फिल्मको भविष्य निर्धारण गर्नेछ । प्रदर्शनअघि काठमाडौं र धरानमा फिल्मको प्रिमियर गरिएको थियो । फिल्मले धरानमा बस्ने दुई अल्लारे युवा (साथी)को विन्दास जीवन र पैसाका लागि गरेको संघर्षको कथा भन्छ । यो कमेडी ड्रामा फिल्म हो ।

सुरज सुनुवारको निर्देशन बनेको फिल्ममा नीतिसहित रेअर राई, महेश त्रिपाठी, नविन मानन्धर, विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको पनि अभिनय छ । नविन मानन्धर तथा निर्देशक सुनुवार निर्माता रहेको फिल्मको सह-निर्मातामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन् । डायमण्ड उप्रेती भने कार्यकारी निर्माता हुन् ।

अनमोल गुरुङको संगीत रहेको फिल्ममा शिशिर विशंखेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन छ । कुनै समय धरानमा निकै चर्चित मानिएका खजुरे अर्थात् अनिल सिंहबाट प्रभावित भएर फिल्म बनेको हो, जसको केही वर्षअघि निधन भइसकेको छ । त्यो पात्रमा रेअरले अभिनय गरेका छन् । नीति भने काठमाडौंबाट विरामी बुबा भेट्नका लागि धरान गएकी युवतीको भूमिकामा छिन् ।