
नेपाली फिल्मको भाग्य पनि अजिबको छ । हलमा दर्शकको हाहाकार भएको फिल्म युट्युबमा आउँदाखेरि मारामार हुन्छ । यसको एउटै कारण छ, हलमा सःशुल्क, युट्युबमा निःशुल्क । जब हलमा रिलिज भएको केही महिनामा नै फिल्म युट्युबमा आउँछ भने दर्शक हल किन जान्छन् ? यो अहिलेको टट्कारो प्रश्न हो । युट्युबमा फिल्म रिलिज गर्ने प्रवृतिले हलको व्यापार चौपट बनेको छ ।

मित्र प्रधान (नर)को निर्देशनमा बन्न लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु गरिएको छ । सोमबार दमकस्थित पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै सोही ठाउँबाट छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्तभन्दा अगाडि निर्देशक प्रधानले पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए । सो अवसरमा पूर्वराजाले फिल्मलाई शुभकामना दिएका थिए ।

अभिनेत्री मलिना जोशीको करिअर सन्तुलित बन्न सकेको छैन । सन् २०११ मा ‘मिस नेपाल’को उपाधि जितेपछि फिल्म ‘ऋतु’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसयता ‘द विनर’, ‘झुम्की’, ‘रानी, ‘तिमी हुन्छौं जहाँ जहाँ’, ‘लीला’, ‘छक्का पञ्जा ४’मा अभिनय गरिसकेकी छन् । त्यसमध्ये छोटो भूमिका रहेको ‘छक्का पञ्जा ४’ मात्र सफल रह्यो । तर, यो उनका लागि हर्ष न विस्मातझैँ भयो ।

बलिउड सुपरस्टार सलमान खानलाई यस वर्ष एकसाथ दुईटा ठूलो झट्का लागेको छ । पहिलो, उनी अभिनीत फिल्म ‘टाइगर ३’ले बक्स अफिसमा अपेक्षाकृत कमाई गर्न सकेको छैन । ५ सय करोड कमाईको प्रक्षेपण गरिएको फिल्मलाई भारतमा ३ सय करोड कमाउन पनि मुश्किल परिरहेको छ । दोस्रो, उनी स्वयंले निर्माण गरेको फिल्म ‘फर्रे’ बक्स अफिसमा नराम्रोसँग डुब्न पुगेको छ ।

विश्वमै सर्ट फिल्म कथावाचनको एउटा सशक्त माध्यम बनिरहेको छ । र, मेकरहरुको प्रयोगशाला । ठूला फिल्म उद्योगका स्थापित निर्देशकहरुले सुरुवातमा सर्ट फिल्ममा आफूलाई प्रयोग गरेको पाइन्छ । अमेरिकामा रहँदै आएका नेपालका नीरञ्जन पाण्डेले पनि सर्ट फिल्म ‘उडान’मार्फत् आफूलाई फिल्म मेकिङमा प्रयोग गरेका छन् । आइतबार यो फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

अभिनेता दयाहाङ राईको स्टारडम यतिबेला उत्कर्षमा छ । सहायक भूमिकाबाट करिअर सुरु गरेका उनले अहिले आफ्नै काँधमा फिल्म बोकेर सफलताको ग्यारेन्टी गर्ने हैसियत बनाएका छन् । बलिउडका अक्षय कुमारको शैली अपनाएका उनले वर्षमै १०/१२ वटा फिल्म गर्छन् । त्यसमध्ये ३/४ फिल्म सफल हुन्छन् । यसैले अहिले उनलाई बक्स अफिसको ‘हिट मेशिन’ भनिने गरिएको छ ।

