मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘सक्किगोनि’ समूहको ‘लाज शरणम्’ आगामी महाशिवरात्रिमा

फिल्मीखबर, काठमाडौं, 2024/05/10

laj saranam

 

चर्चित हाँस्य सिरियल ‘सक्किगोनि’ समूह अब फिल्म निर्माणको तयारीमा जुटेको छ । ‘लाज शरणम्’ नाममा बन्न लागेको फिल्मको छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी महाशिवरात्रि (फागुन १४ गते)लाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको छायांकन भने दशैंभन्दा अगाडि नै पूरा गर्ने योजनामा निर्माण टिम छ ।

फिल्मलाई ‘जिग्री-पाँडे’ले निर्देशन गर्ने पोस्टरमा उल्लेख छ । प्राप्त जानकारी अनुसार, ‘सक्किगोनि’ सिरियलमा जिग्रीको भूमिकामा अभिनय गर्दै आएका कुमार कट्टेलले फिल्मको निर्देशन गर्नेछन् । यसमा उनको पनि अभिनय रहने चर्चा छ । अर्जुन घिमिरे, सागर लम्साल, दीपक आचार्य, हरिश निरौला, प्रशान्त ताम्राकार, महेश त्रिपाठी आदिको पनि फिल्ममा अभिनय रहने स्रोतको दाबी छ ।

कुमारसहितको टिम यतिबेला फिल्मको स्क्रिप्टलाई फाइनल गर्न जुटेको छ । यो समूहले यसअघि ‘फनफनी’ नाममा फिल्म बनाउने तयारी गरेको थियो । निर्देशकमा निश्चल बस्नेत र मुख्य अभिनेतामा विपिन कार्की समेत अनुबन्ध भैसकेका थिए । तर पछि निश्चलले हात झिकेपछि यो फिल्म निर्माण हुन सकेन । शीर्षकले नै ‘लाज शरणम्’लाई कमेडी कथामा निर्माण गर्न लागिएको बुझ्न सकिन्छ ।