
समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथा भनिएको फिल्म 'सुनगाभा' लाई दशैंको छेकोमा रिलिज गर्ने तयारीमा छन् निर्देशक सुवर्ण थापा । फ्रान्सबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक थापाले भने, 'बितरकको निधो भएपछि हामी रिलिज डेट फाईनल गर्नेछौं । हाम्रो योजना भने दशैंमा रिलिज गर्नु रहेको छ ।'

दर्ता बिना सुटिङ गरिएको भन्दै चलचित्र विकास बोर्डले फिल्म '9 O'clock' को सुटिङ रोकिदिएको छ । आज गोदावरीमा सुटिङ भईरहेका बेला बोर्ड सदस्यले दिउँसो एक बजे तिर सुटिङ रोक्न आग्रह गरेकाले आफूहरूले सुटिङ ब्रेक गरेको निर्देशक बाबुराम ढकालले फिल्मीखबरलाई जानकारी दिए ।

जेष्ठ १९ गते रिलिज हुन नसकेपछि अनिश्चित बनेको फिल्म 'किन लाग्छ माया' असार ८ गते लाग्ने करिब पक्का भएको छ । निर्माता शक्तिबल्लभ घोरासैनीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार सो मितीमा 'किन लाग्छ माया' सिङ्गल रिलिज हुनेछ ।

मंगलबार आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको भावपूर्ण श्रद्धान्जलीका साथ दाहसंस्कार गरिएको छ ।

नेपाली फिल्मले बिस्तारै बिश्व बजारमा आफ्नो स्थान लिन थालेको छ । केहि बर्ष अगाडी एकाध फिल्म नेपाल बाहिरका मुलुकमा रिलिज हुन्थे तर अहिले हरेक साता जस्तो फिल्म रिलिज हुन थालेका छन् ।

फिल्ममा दुई अर्थ लाग्ने शब्दको प्रयोग निकै हुने गरेको पाईन्छ । भन्न खोजेको एउटा भए पनि त्यसले दिने नकारात्मक अर्थलाई नै बढि हाईलाईट गरिन्छ । यस्तै दुई अर्थ लाग्ने शब्दको प्रयोग गरेर फिल्म 'लक' को आईटम गीत तयार पारिएको छ जुन अहिले चर्चामा पनि छ ।

