Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव श्रेष्ठको खुकुरी कान्छी

फिल्मीखबर, काठमाडौँ, 2012/08/08

नेपाली रजतपटमा बाघ अभिनेताले परिचित शिव श्रेष्ठले खुकुरी कान्छी नाम राखेर फिल्म बनाउने भएका छन् । फिल्म निर्माणका लागि पहिलो चरणको मिटिङबाट उनले निर्देशकको रुपमा सविर श्रेष्ठलाई फाईनल पनि गरेका छन् ।

 

सबिरले सो फिल्मलाई छवि ओझाको हमेशा र रमेश त्वयनाको आधि बाटो पछि मात्र निर्देशन गर्ने छन् । 'पहिलो चरणको बार्ता सकिएको छ त्यसैले दुई वटा फिल्म पछि यो फिल्मको सुटिङ मंसिर तिर मात्र हुनेछ', सविरले जानकारी गराए । सबिरका अनुसार हमेशाको सुटिङ असोज १ देखि सुरु हुने भने भने आधि बाटोको तिहार पछि । नाम अलि भिन्न प्रकृतिको छ नि भन्ने प्रश्न गर्दा सबिरले भने, 'यो एक्सन कमेडी फिल्म भएकाले हामीले नाम त्यस्तै राखेका हौ तर यो फिल्म सामाजिक शैलीको पनि हो ।'

 

सविरका अनुसार नारी प्रतिको शोषण विरुद्ध उत्रिने एक महिला पात्र हो खुकुरी कान्छी जो फिल्मको प्रमुख कलाकार हुनेछिन्  । खुकुरी कान्छीको रोलका लागि हिरोईन खोजी कार्य भईरहेको छ भने शिव श्रेष्ठ पनि एक शसक्त रोलमा सो फिल्ममा देखिने सविरले बताए । यस्तै फिल्ममा सोलो लगानी गर्न लागेका शिव श्रेष्ठले फिल्मीखबरसंगको कुराकानीमा पहिलो चरणको बार्ताबाट फिल्म बनाउन फाईनल गरेकाले अहिले बजेट तयारीमा जुटिरहेको बताए । खुकुरी कान्छी ५० लाखको हाराहारीमा निर्माण हुने बताईएको छ ।

Most Visited News (monthly)