मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकका नयाँ फेस

फिल्मीखबर, काठमाण्डौ, 2012/08/08

भाद्र २९ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'फेसबुक' का अधिकांश फेस नयाँ छन् । केहि फेस पहिलो पटक पर्दामा देखिंदैछन् भने केहि फेस दर्शकको नजरमा पूराना बनेका छैनन् ।

 

शुरू गरौं फेसबुकका मुख्य फेसबाट नै । अष्ट्रेलियन एनआरएन स्वतन्त्र प्रताप शाह यो फिल्मका मुख्य कलाकार अझ भनौं हिरो हुन् । अष्ट्रेलियामा आफ्नै व्यवसाय गर्दै आएका यि हिरोलाई फेसबुकले इन्ट्रोड्यूस गराउँदैछ । फेसबुकमा स्वतन्त्रलाई नायिका झरना थापासँगको अनस्क्रिन रोमान्समा देख्न सकिन्छ । अभिनयबाट प्रभावित भएपछि फेसबुक निर्देशक सुरज सुब्बा नाल्बोले स्वतन्त्रलाई पुन: अर्को फिल्म मेरो भ्यालेनटाईनमा समेत अभिनय गराए ।

 

यस्तै दर्शकले केहि फिल्ममा देखे पनि पुरानो नबनेको अर्को फेसको नाम हो सुवास थापा । लामो समय आफ्नो कलायात्रालाई थिएटरमा नै व्यतित गरेका सुवास कोही मेरोबाट ठूलो पर्दामा मुख्य पात्र भएर देखिएका हुन् । रिलिजको हिसाब गर्दा उनका फिल्म संख्यात्मक रूपमा कम छन् तर प्रदर्शन र छायाँकनको क्रममा उनका फिल्म लाईन लागेर बसेका छन् । अभिनयमा कुशल मानिने यि नायक फेसबुकको मुख्य नेगेटिभ पात्र हुन् । उनले नेपालमा रहेका बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन् ।

 

फेसबुकका अर्का नयाँ अनुहार हुन् अनुराग मान सिंह कुवँर । दर्शकले यि कलाकारलाई के यो माया हो नामक फिल्ममा नेगेटिभ पात्रको रूपमा देखिसकेका छन् । यो फिल्ममा पनि उनी नेगेटिभ पात्रको रूपमा नै देखिनेछन् । सुवास थापाको सपोर्टिङ पात्र बनेर अनुरागले अभिनय गरेका छन् । आफ्नै व्यवसाय सम्हालेका यि कलाकार पनि फिल्मका लागि आशलाग्दा अनुहार हुन् ।

 

फिल्मका नयाँ भएपनि छोटो समयमा नै दर्शकमाझ राम्रो छाप छोड्न सफल अर्का नयाँ कलाकार हुन् विल्सन विक्रम राई । स्टेज कलाकारिता हुँदै फिल्म सम्म आएका विल्सनले सायद फिल्मबाट राम्रो छाप छोडे । अझ पछिल्लो समय त मेरी बास्यै नामक टेलिफिल्ममा तक्मे बुढाको भुमिकाले यिनलाई संसार चिनायो । अहिले यि कलाकार फिल्ममा भन्दा बढि विश्वका कुनाकुनामा भैइरहेका स्टेश शोहरूमा व्यस्त हुन थालेका छन् । बिशेषगरी हाँस्य बिधामा पर्फेक्ट विल्सन फिल्म क्षेत्रमा कुशल कलाकारको रूपमा चिनिने क्रममा छन् ।

 

 

पेशाले व्यवसायि तथा ड्रेस डिजाईनरको रूपमा आवद्ध मार्टिन खान पनि फेसबुकका अर्का नयाँ अनुहार हुन् । थुप्रै फिल्ममा ड्रेस डिजाईनरको भुमिका निर्वाह गरिसकेका यि खान कलाकारलाई फेसबुकमा नेगेटिभ भुमिकामा देख्न सकिनेछ । पेशाले पत्रकारिता गर्दै आएका फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरे पनि दर्शकका लागि नयाँ अनुहार हुन् । अभिनयका हिसाबले प्रदर्शनको क्रममा रहेको फिल्म थ्री लभर्स पहिलो भए पनि रिलिजका हिसाबले उनको यो फिल्म पहिलो हुनेछ । यि नयाँ अनुहारले पनि बेरोजगार युवाहरूको प्रतिनिधित्व गर्दै आफ्नो अभिनय दर्शकसामु पस्किंदैछन् ।

 

फिल्ममा नयाँ अनुहारको रूपमा अर्का दुई धिरू भाई चन्द र अभिमन्यू केसी पनि फेसबुकका कलाकार हुन् । धिरू भाई पेशाले व्यवसायि हुन् र उनी छिट्टै नै झोले नामक फिल्मबाट निर्माताको ट्याग भिर्दैछन् भने अभिमन्यू थुपै फिल्ममा प्रोडक्सनको जिम्वेवारी सम्हाल्दै आएका नयाँ कलाकार हुन् । यि बाहेक फिल्ममा परिचित अनुहार राजेश हमाल, सुनिल थापा, बिएस राणा लगायतले अभिनय गरेका छन् । फिल्मकी मुख्य पात्र झरना थापाको प्रस्तुती रहेको फेसबुकलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।