
आफू राम्रोसंग बजारमा नविकेपछी सन्यास घोषणा गर्ने धेरै फिल्मकर्मीहरु यहाँ छन् । जुन प्रसङ्गलाई केहि महिना अघि फिल्मीखबरले दुई जिब्रे सन्यासी भनी आर्टिकल सार्वजनिक गरिसकेको छ । तर निर्देशक शोभित बस्नेतले यो कुरा आफूमा लागु नभएको तर्क सहित सन्यास घोषणा गरेका छन् ।

म्यूजिक भिडियो निर्देशन यात्राबाट विग स्क्रिनको फिल्म निर्देशनमा प्रदीप कस्पालको नाम पनि थपिने भएको छ ।

नायक आर्यन सिग्देल र नवनायिका दिप्ती गिरी अभिनित फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' को कतारमा बिशेष प्रदर्शनी गरियो । फिल्मीखबर डटकम र पिएनपी मिडियाको संयुक्त आयोजनामा शुक्रबार दिउँसो कतारको दोहा स्थित गल्फ सिनेमा हलमा गरिएको शोमा दर्शकहरूको राम्रै उपस्थिती रहेको थियो ।

फागुन ८ गते देखि फ्लोरमा गएको मायाज बारको सुटिङ शुक्रबारको मितिसम्म आईपुग्दा झण्डै तीन महिना पुग्छ । ५० लाखमा फिल्म सक्ने स्टेमेट गरेका निर्माता सुनिल मानन्धरको बजेट बढेर एक करोड फ्लोरमै नाघिसकेको अवस्था छ । तर पनि फिल्ममा कति बजेट अरू लाग्ने हो त्यो भन्न सकिने अवस्था छैन ।

बन्दको चपेटामा पर्दै भोली शुक्रबारबाट एमएस अग्रज निर्देशित फिल्म 'मार्यो नि मायाले मार्यो' राजधानीका १५ वटा जति हलमा रिलिज हुने भएको छ । एक बर्ष अघि मोफसलबाट प्रदर्शनमा आएको सो फिल्मले लगातारको बन्दमा पनि आफ्नो रिलिज यात्रा तय गरेको हो ।

भाद्र २९ गतेका लागि रिलिज डेट तोकिएको फिल्म 'बडीगार्ड' को भिडियो गीत फिल्मीखबरबाट प्रिमियर गरिएको छ । प्रिमियर गीतमा सञ्चिताका पूर्व पति आकाश शाहले शब्द मार्फत नायिका सौजन्य सुब्बा समक्ष आफ्नो पिडा पोखेका छन् ।

