Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेसमिटका लागि अष्ट्रेलियाबाट फेसबुक हिरोको आगमन

फिल्मीखबर, काठमाण्डौ, 2012/09/03

भोली मंगलबार साँझ फिल्म फेसबुकको राजधानीका भव्य समारोहका विच प्रेस मिट गरिंदैछ । केक्टेल डिनर सहित त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजना हुन लागेको सो प्रेस मिटमा  सहभागी हुन हिरो स्वतन्त्र प्रताप शाह आजै अष्ट्रेलियाबाट नेपाल आईपुगेका छन् ।

 

राति दश बजे उनी त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलमा ल्याण्ड गरेका हुन् । फिल्ममा मुख्य पात्र स्वतन्त्र फिल्म रिलिज अवधिभर नेपाल रहनेछन् । उनी शुक्रबार साँझ बिग सिनेमामा हुने फिल्मको बिशेष शोमा पनि सहभागी हुनेछन् । फिल्मका निर्माता सुनिल कुमार थापाले अचानक फिल्मको प्रेम मिट गरेकाले हतार हतारमा स्वतन्त्रलाई नेपाल बोलाएको बताए । भोली हुने प्रेस मिट अन्य फिल्मका प्रेस मिट भन्दा भिन्न हुने निर्माता थापाले फिल्मीखबरलाई जानकारी गराए ।

 

सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको फिल्म फेसबुकलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । सामाजिक संजाल फेसबुकको बिषयमा आधारित रहेर निर्माण गरिएको उक्त सस्पेन्स थ्रील फिल्ममा स्वतन्त्रको साथमा राजेश हमाल, झरना थापा, सुवास थापा, स्वतन्त्र प्रताप शाह, अनुराग मान सिंह कुवँर, विल्सन विक्रम राई, सुमन गैरे, सुनिल थापा, विएस राणा लगायतको मुख्य अभिनय रहेको छ । बेरोजगार युवाहरूको समस्यालाई चित्रण गरिएको यो फिल्म भाद्र २२ गतेबाट देशभरका अधिकांश सिनेमा घरमा लाग्नेछ ।

Most Visited News (monthly)