मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

शिरिषको फूल प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/09/03

विश्वप्रसिद्ध साहित्यिक कृति ‘शिरिषको फूल’ मा आधारित रहेर निर्माण गरिएको फिल्म 'शिरिषको फूल' को आईतवार राजधानीमा एक समारोहका विच प्रिमियर गरियो । चर्चित साहित्यकार पारिजातले लेखेको सो कृतिमा बनेको उक्त फिल्मलाई जापनिज नागरिक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् ।

 

निर्देशक तोसिआकीले चार बर्ष लगाएर निर्माण गरेको उक्त फिल्मले पारिजातको 'शिरिषको फूल' मा समेटिएको कथालाई जस्ताको तस्तै उतार्ने प्रयास गरेको बताईएको छ । 'प्रेम अमर हुन्छ र प्रेम मुटबाट शुरु भएर मन मस्तिष्क र आत्मासम्म पुगी त्यो मानवतावादमा परिणत हुन्छ भन्ने कुरालाई देखाएर ‘शिरिषको फूल’ले मानवतावादको वकालत गरेको छ । मनोविज्ञान, भावुकता र आदर्शतालाई आफ्नो मुख्य विषयवस्तु बनाएर लेख्ने पारिजातले यो कृतिमा पनि त्यस्तै विशेषतालाई पस्केकी छन् जसलाई फिल्ममा उतार्ने भरमग्दुर कोसिस गरेका छौं', निर्देशक तोसिआकीले भने ।

 

अमेरिकाको मेरिल्याण्ड विश्व विद्यालयको पाठ्यक्रममा समेत समावेश ‘शिरिषको फूल’ को कथामा दोस्रो बिश्व युद्धबाट भागेको सिपाही सुयोगवीर तथा मध्यम वर्गीय परिवारका शाकम्बरी, मजुराले मुख्य पात्रको रूपमा छन् । जसमा गणेश लामा सुयोगवीरको, शर्मिला गुरुङ शाकम्बरीको र सौजन्य सुब्बा मुजुराको भूमिकाका छन् । चल्तीको कर्मसियल र फर्मुला फिल्मको चौघेराबाट नेपाली फिल्मलाई मुक्त गरेर फराकिलो आयाम प्रदान गर्नुपर्छ भन्ने मान्यतालाई पछ्याउदै फिल्मले कृतिकै कलात्मक मुल्यको दायराभित्र रहने कोसिस गरेको निर्देशक तोसिआकीले बताए ।

 

जमिन फिल्मस्को सहकार्यमा फिल्म क्रियशन नेपालले निर्माण गरेको सो फिल्ममा गणेश लामा, शर्मिला गुरुङ, अप्सरा कार्की, सौजन्य सुब्बा, बसुन्धरा भुषाल, श्याम राई, जगत राजथला, गोपाल भुटानी,  लक्ष्मी भुषाल, सन्तोष लामा, गणेश मुनाल, इन्दिरा गोले गुरुङ लगायतको अभिनय रहेको छ । विजयरत्न तुलाधर र देशभक्त खनालको सह-निर्देशन रहेको सो फिल्ममा दिनेश सुनामको संगीत रहेको छ ।