Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21061 - 21066 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-12, बिहिवार

नेपाली फिल्म प्रेमी दर्शक र स्वयम फिल्मकर्मीहरुलाई खुशीको खबर । नेपालकै नम्बर वान टेलिभिजन च्यानलको रुपमा स्थापित कान्तिपुर टेलिभिजनले आउदो आर्थिक बर्षदेखि हरेक शनिबार नेपाली फिल्म प्रिमियर गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-12, बिहिवार

आर्थिक संकटका बाबजुत नेपाल अर्न्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवको छैठो संस्करण आजदेखि सुरु भएको छ । नेपाल सहित विश्वका २० देशका ७९ वटा लामा छोटा फिल्म प्रदर्शन गरिने उक्त महोत्वस आउदो आईतबार सम्म चल्ने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-12, बिहिवार

सरिता गिरी भन्ने नाम फिल्म क्षेत्रमा नयाँ भए पनि नाटकको क्षेत्रमा भने निकै पुरानो नाम हो । बिगत १२ बर्ष देखि नाटक बिधामा काम गर्दै आएकी सरिता अहिले नेपाली फिल्ममा पनि देखिन थालेकी छिन् । फिल्म मात्र हैन अब त उनलाई म्युजिक भिडियोमा समेत देख्न सकिनेछ ।

मणिराज गौतम, हेटौंडा, 2012-07-11, बुधवार

फिल्म हाइवेको सन्देश मुलक सडक प्रोमो देखाउने क्रममा हेटौंडामा प्रहरीले हस्तक्षेप गरेकोमा कलाकारहरूले निर्माण युनिट सहित आपत्ति जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-11, बुधवार

नेपाली संगीतका धरोहर मानिने संगीतकार रञ्जित गजमेरको संगीतमा राजेश पायल राईले बल्ल आएर गीत गाउने मौका पाएका छन् । सयौं फिल्ममा गीत गाईसकेका राजेशले रञ्जितसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-11, बुधवार

भगवानलाई एक पटक धन्यवाद दिनै पर्छ किन कि नयाँ हिरो गौरव पहाडी ठूलो दुर्घटनाबाट जोगिएका छन् । बरिष्ठ कलाकार टीका पहाडीका सुपुत्र गौरव हाल मञ्जरी फिल्मको सुटिङमा ब्यस्त छन् तर बुटवलबाट पाल्पा जाने बाटोमा रहेको सिद्धबाबा मन्दिर छेउको झरना मुन्तिर उनी ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।

Results : 21061 - 21066 of 23998