Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21037 - 21042 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-16, सोमवार

विकास आचार्यको निर्देशनमा आजबाट नयाँ फिल्म रिदमको सुटिङ सुरु गरिएको छ । आजै बिहान काठमाण्डौको पुरानो बानेश्वर स्थित कुमारी कम्प्लेसमा उक्त फिल्मको शुभ-मुहुर्त गर्दै सुटिङ सुरु गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-16, सोमवार

फस्टलभ डेब्यू हिरोईन ऋचा शर्माले आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछिन् । आज साउने सक्रान्ती भएकाले बिहान घरपरिवारसँग नै जन्मदिन सेलिब्रेट गरेकी ऋचाले साँझ भने आफ्ना दुई फिल्म भिजा गर्ल र हाइवेको टिमको साथमा केहि नजिकका साथीभाईलाई सिल्भर जुब्लीका लागि डाकेकी छिन् ।
 

शैलेन्द्र कठायत, दोहा, 2012-07-16, सोमवार

ॐ नाम शिवाय फिल्म्सको ब्यानरमा नेपाली फिल्म 'क्रिमिनल' को सुटिङ दोहा कतारमा हुने भएको छ । सगर नेपाल र दिपक रमनको संयुक्त लगानी रहने उक्त फिल्मको कुल लागत २ करोड रहने र असोजको पहिलो हप्ताबाट सुटिङ सुरु हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-15, आईतवार

एमाले अध्यक्ष झलनाथ खनालको निवासमा पुग्दा केही निरास भएका फिल्मकर्मी काँग्रेस सभापति सुशिल कोईरालाको निवास पुग्दा भने हर्षित भए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-15, आईतवार

अन्तत: फिल्म फेसबुक युनिटले आफ्नो रिलिज डेट भाद्र २९ तोकेको छ । फिल्मकी प्रस्तुतकर्ता समेत रहेकी नायिका झरना थापाले आफ्नो फेसबुकको भित्तामा भाद्र २९ मा आफूले नेपालभर एकसाथ फिल्म रिलिज गर्न लागेको कुरा उल्लेख गर्दै आजबाट काउन्टडाउन शुरू भएको उल्लेख गरेकी छिन् ।
 

राज नेपाल, लण्डन, 2012-07-15, आईतवार

प्रवासमा रहेर पनि नेपाली फिल्मसँग निकट रहेका नायक ध्रुब दत्त नयाँ फिल्म '9 O'Clock' को सुटिङ सकेर केहि दिन अगाडी लण्डन आईपुगेका छन् । ध्रुबले सुटिङ मात्र हैन डबिङ पनि सकेर लण्डन आएका हुन् ।

Results : 21037 - 21042 of 23998