Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21049 - 21054 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-05-17, बिहिवार

एक बर्ष अगाडी नै छायाकंन सकिएको दीपक श्रेष्ठ निर्देशित फिल्म वीर सुटिङ सुरू हुँदा देखिनै विभिन्न लफडा परेको थियो । सुरूवाती दिनमा एक नयाँ हिरोले सो फिल्ममा  काम गर्न नसकेपछि उनको स्थानमा अभिनयका अब्बल हिरो दीलिप रायमाझीलाई अनुबन्धित गराईयो जस अनुरूप सो फिल्मको सुटिङ विभिन्न उतार चढावका बाबजुत जेनतेन सकियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-17, बिहिवार

करिब तीन साता देखि सुदूर पश्चिम बन्दको शिकार भएको छ भने मध्य पश्चिम, पश्चिम तथा पूर्वी भेग पनि हरेक दिन जस्तो बन्दको शिकारमा परेको छ । राजधानी पनि यसबाट अछुतो रहन सकेन । यहि बन्दले गर्दा देशभरका हलहरू ठप्प छन् भने फिल्मको रिलिज डेट पनि धमाधम सरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-16, बुधवार

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षको कथाको साथमा बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेका विभिन्न उतारचढावका प्रसङ्ग र लेज्बियन रिलेशन शिपको कथा समेटिएको फिल्म हाइवे यतिबेला निकै चर्चामा छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-05-16, बुधवार

पारिवारिक तनावका कारण रेखा थापाको निन्द्रामा के कति असर पारेको छ त्यो थाहा हुन सकेको छैन तर उनका पति छवि ओझालाई भने तनावले निकै सताएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार विगत दश महिना देखि विग्रिएको उनीहरूको सम्बन्ध पूर्ण रूपमा धमिलिएपछी यि दम्पत्तीको दैनिकीमा परिवर्तन आएको हो।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-16, बुधवार

लमजुङको पर्यटकिय स्थान घले गाउँमा इन्डियन आईडल प्रशान्त तामाङ र नेपाल वान टेलिभिजनले गरेको नेपाल स्टार बिजेता बिष्णु चेम्जोङको हाल अनस्क्रिन रोमान्स चलिरहेको छ । गायनबाट कला यात्रा तय गरेका प्रशान्त र बिष्णुले निर्माणाधिन फिल्म 'निशानी' मा अनस्क्रिन रोमान्स गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-16, बुधवार

केहि समय अगाडी छायाँकन भएर हाल रिलिजको क्रममा रहेको फिल्म 'माई ब्रदर' ले नायक जीवन लुईटेललाई मुख्य भुमिकामा प्रस्तुत गरेको सार्वजनिक पोस्टरले देखाउँछ । जीवनको साथमा नायिका सुमिना घिमिरे र टिभी फिल्मीले आयोजना गरेको को बन्छ कलाकारबाट छानिएका दिपक पाण्डेले फिल्ममा अभिनय गरेका छन् ।

Results : 21049 - 21054 of 23719
Most Visited News (monthly)