
नायिका शुष्मा कार्कीको जवानी हेर्न दर्शक आतुर रहेको बिजनेश रिपोर्टले देखाएको छ । आजबाट देशभरका ४ दर्जन हलमा रिलिज भएको फिल्म बिन्दासले ओपनिङ कलेक्सन १७ लाख गरेको बुझ्नमा आएको छ ।

पाँच प्रतिशत सुटिङ अझै बाँकी छ तर लगातारको बर्खे झरीले सुटिङ लम्बिएपछि ढुवानी यूनिट आज काठमाण्डू फर्किएको छ । क्यामेरापर्सन पुरूषोत्तम प्रधानको २५ दिने एग्रिमेन्ट सकिएपछि ढुवानी टोली बाँकी काम थाती राख्दै काठमाण्डू फर्किएको हो ।

नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें जस्ता फिल्म मार्फत सुपरहिट गीत दर्शकसामु ल्याएका निर्देशक विकाश आचार्यको पछिल्लो फिल्म 'रिदम' को अडियो गीत फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।

नायिका बिनिताले चपली हाईटबाट आफूले पाएको उचाईलाई यो फिल्मले खस्न नदिने बताउँछिन् । उनी भन्छिन्, 'फिल्म राम्रो बनेको छ र मेरो भुमिका त झनै शशक्त छ त्यसैले पनि मैले यो फिल्मका लागि समय खर्चिन लागेकी हुँ ।'

करिब एक बर्ष अगाडी फिल्म बडीगार्डका लागि ऋतिक रोशनको जस्तो बडी भएको हिरो खोज्दै हिडेका निर्माता सुशिल पोखरेललाई फिल्मीखबरले समाचार प्रकाशित गरेपछि भेट्न मुस्किल परेन । आफूले भनेजस्तै हेरो त उनले भेटे तर लामो समय उनको परिचय नै लुकाए ।

सम्भवत: महानायक राजेश हमालले यसरी कहिल्यै पनि आवेशमा आएर भाषण गरेका थिएनन् तर बिहिबार आयोजित एक कार्यक्रममा उनले झण्डै दश मिनेट राजनीतिक दलका नेता प्रति विभिन्न व्यङ्ग्य प्रहार गरिरहे ।

