Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

भेटीलाई युनिभर्सल सर्टिफिकेट

फिल्मीखबर, काठमाण्डौ, 2012/10/17

कार्तिक १७ गते रिलिज हुन लागेको फिल्म भेटीलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मका कुनै पनि दृश्यमा आपत्ति नजनाई बोर्डले सबैले हेर्न मिल्ने गरेर यू सर्टिफिकेट दिएको निर्माता नारायण खतिवडाले फिल्मीखबरलाई जानकारी गराए ।

 

फिल्म रिलिज मिती नजिकिंदै गर्दा अहिले निर्माता खतिवडा र निर्देशक किशोर चौधरी देश दौडाहमा छन् । राजधानी बाहिरका बिभिन्न शहरमा पुगेर फिल्मको पब्लिसिटी गर्दै हिडेका निर्माता खतिवडाले कलाकारहरू व्यस्त रहेकाले केहि गार्‍हो भने भएको बताए । उनले भने, 'फिल्म रिलिज नजिकिंदै गर्दा कलाकारहरू आफ्नै काममा व्यस्त रहेकाले हामीलाई पब्लिसिटी गर्न केहि गार्‍हो भने भएको छ ।'

 

मन्दिरमा गएर फूल, अक्षता र भेटी चढाउँदैमा धर्मकर्म गरिने होईन सच्चा मनले पनि धर्म गर्न सकिन्छ र भेटी चढाउन मन्दिर नै धाउनु पर्छ भन्ने छैन भन्ने सन्देश दिन खोजिएको फिल्म भेटीमा रेखा थापा, प्रमोद खड्का, रागिनी खड्गी, राजेन्द्र खड्गी, विष्णु सापकोटा र बाल कलाकारको रुपमा निर्माता सञ्जोग खतिवडालाई मुख्य भूमिकामा देख्न पाईन्छ । निर्देशक स्वयंको लेखन तथा संगीत रहेको सो फिल्ममा राजु केसीको छायाँकन, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन तथा सुरेश चौधरीको नृत्यनिर्देशन रहेको छ ।

 

 

Most Visited News (monthly)