
पोष्ट-प्रोडक्सनको काम नसिकएको कारण देखाउदै धुँवा यो नशा युनिटले आफ्नो रिलिज डेट दुई महिना पर धकेलेको छ । यहि भदौ २२ देखि सुरज सुब्बा निर्देशित प्रतिक्षित फिल्म फेसबुकसंगै रिलिज मैदानमा उत्रिन लागेको सो फिल्म कात्तिक ३ गतेका लागि सरेको हो । यध्यपी कात्तिक ३ गते नेपालका भरका दर्शकले उक्त फिल्म हेर्न पाउने छैनन् ।

राजु गिरीको निर्देशन तथा मधुकुमार श्रेष्ठको लगानीमा निर्मित रोमान्टिक फिल्म बिन्दासको टोली बिन्दास तरिकाले प्रोमोशनमा जुटेका छन् । टोलीले रिलीज डेटको पुर्वसन्ध्यामा प्रचारप्रसारका लागी मोफसल अर्न्तगत सोमबार नारायणगढको इन्द्रदेव चलचित्र भवनमा च्यारिटी सो गरेको छ ।

हिरो अर्पण थापाको शरिर दश केजी मोटाएपछि धन्दाको बाँकी सुटिङ सुरु गरिएको छ । लभस्टोरी निर्देशक सुदर्शन थापाले नयाँ टेष्टका साथ निर्देशन गरिरहेको सो फिल्मको ३५ दिन पश्चात बाँकी सुटिङ सुरु गरिएको हो ।

उध्रेको चोली गायिका इन्दिरा जोशीले जसरी तातेको कतारलाई अझ तताईन् चपली गर्ल बिनिताले त झन् दर्शकलाई उचाल्न सम्म उचालिन् ।

बिगतका फिल्ममा स्टारलाई लिएर फिल्म बनाएका ऋषिले अब भने स्टारडम देखाउने कलाकारसंग काम गर्ने बताएका छन् । उनी भन्छन्, 'कुनै बेला स्टारडम देखाईन्थ्यो र चल्थ्यो पनि तर अहिले स्टारडम देखाउने समय गएको छ । अब कला देखाउने बेला आएको छ ।'

अभिनेत्री अरुणिमा लम्साललाई बिगतका बर्थ डे भन्दा आजको बर्थ डे विशेष हुनेछ र यादगार पनि । किनकी ३० बसन्त पार गर्दा ईद पर्वको दिनसंगै उनको जन्मदिन पहिलो पटक परेको छ ।

