
रुपकी धनी नम्रता श्रेष्ठले यस अघि यसरी कहिलै पनि नाचेकी थिईनन् तर मंगलबार कोरियोग्राफर शिव विकले उनलाई विभिन्न अनुभूतिका साथ नचाउन सफल भए ।

फिल्म डिष्ट्रिब्युसन कम्पनी WE2 ले नेपाली फिल्म 'फेसबुक' को अष्ट्रेलियामा प्रिमियर गरेको छ । अष्ट्रेलियामा नै स्थापित सो कम्पनीले आईतवार प्रिमियर गर्यो भने सोमबार पनि अर्को शो गर्यो ।

चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाले जिल्लाका रंगकर्मीहरुलाई सम्मान गर्ने भएको छ । शाखाले रंग क्षेत्रमा क्रियाशिल सर्लाही र महोत्तरीका रंगकर्मीहरुलाई सम्मान गर्न लागेको हो ।

गत बर्ष भदौ ४ गते पहिलो सन्तानलाई जन्म दिएकी संचिता लुईटेलले उही मितीमा अर्को सन्तानलाई जन्म दिएकी छिन् । उनले हिजो साँझ छोरीलाई जन्म दिएकी हुन् ।

विगत एक दशक देखि हाल सम्म नम्बर वान हिरोईनको ट्याग पाईरहेकी रेखा थापाको आज बर्थडे परेको छ । कलिउडकी यि नम्बर वान हिरोईन मन्दिर जान नमिल्ने भएपछि उनको बर्थ डे योजनामा केही असर पर्यो तर साँझ घरमा आयोजना हुने पार्टीका लागि उनको तयारी तिब्र छ ।

श्रोत अनुसार स्क्रिप्ट राईटर माथि नम्रता हावी भएपछि कलिउड टिमले नम्रताको विकल्प खोजेको हो तर निर्देशक नवराज आचार्यले यि सव कुराको बचाउ गर्दै नम्रतासंग लिएको टाईममा सुटिङ सुरु गर्न नसकेकाले हिरोईन फेर्न बाध्य भएको बताए ।

