मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रामराजाद्धारा भाईरस निर्माण घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/10/16

दुई बर्ष पश्चात निर्देशक रामाराजा दाहालले पुनः फिल्म निर्देशन गर्ने पक्का भएको छ । यस अघि तीन वटा फिल्म निर्देशन गरिसकेका दाहालले मंगलबार प्रेस मिट गरी नयाँ फिल्म 'भाईरस' निर्देशनका लागि फ्लोरमा जान आफ्नो टिम तयार रहेको बताए ।

 

ड्रिम वर्क फिल्मस मार्फत बन्न लागेको सो फिल्ममा आदित्य बुढाथोकी, विल्सन विक्रम राई, रवि गिरी रश्मी भट्ट, शिशिर पोखरेल र डेब्यू गर्दै सोना तिमिल्सना प्रमुख कलाकारको रुपमा रहने छन् । टाईटल प्रविधि तर्फ केन्द्रित भए पनि त्यो संयोग मात्र रहेको कार्यक्रममा बताईएको छ । हरेक मानिसको सपना हुन्छ जुन मध्ये कतिपयको पुरा हुन्छ कतिपय अधुरै यहि नै फिल्मको वन लाईन स्टोरी भनिएको छ ।

 


भाईरसमा सुष्मा कार्कीको बिशेष भुमिका रहने कार्यक्रममा बताईयो । नयाँ हिरोईन सोनाले अष्ट्रेलियामा केही सर्ट फिल्म र मोडलिङको अनुभव बटुलेकाले फिल्मको लागि फ्रेस अनुहार रोजेको निर्देशक दाहालले बताए । यस अघिका तीन वटै प्रोजेक्टबाट असफल रिभ्यू बटुलेका दाहालले ब्यक्तिगत सन्तुष्टिका लागि यो फिल्म निर्देशनमा जोश देखाएको बताए । तर उनको ब्यक्तिगत भन्ने शब्दको अर्थ के थियो त्यो भने प्रष्टिएन ।


दशै सकिए लगत्तै फ्लोरमा जाने बताईएको सो फिल्मलाई सेभेन डि क्यामेराबाट सुसन प्रजापतिले खिच्ने छन् । फिल्मका निर्माता राजेन्द्र तिमल्सिना हुन् भने स्क्रिप्ट राईटर सुभाष सिंह बस्न्यात ।