
चार वर्ष सम्मको राजनीतिक लगानी, अर्बौ रकमको नोक्सानी र सबै भन्दा ठुलो नेपाली जनताको सपनाको निधन हुँदा नेपाली जनतासंगै यतिबेला नेपाली फिल्मकर्मीहरु पनि निराश छन् । संविधान सभा भङ्ग हुनुलाई नेपाली फिल्मकर्मीहरुले कसरी लिएका छन् त ?

फिल्म हाइवे टिमले साउन ५ गतेका लागि आफ्नो फिल्मको रिलिज डेट फिक्स गरेको छ । असार १ गते रिलिज हुने भनिएको फिल्म देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा पोष्टपोण्ड गरेको जानकारी गराएको थियो । फिल्मका वितरक नरेन्द्र महर्जनले साउन ५ मा त जसरी पनि फिल्म चलाउने बताए ।

कमलकृष्णको निर्देशनमा बन्दै गरेको फिल्म फुलस्टपको सुटिङ अन्तिम चरणमा पुगेको छ । नगरकोट हुँदै गोरखाको मनकामना लगायत विभिन्न लोकेशनमा पुगी केही दिन अघि काठमाण्डू भित्रिएको यो फिल्मको ९० प्रतिशत सुटिङ सकिएको निर्देशक कमलकृष्णले जानकारी गराए ।

सम्पुर्ण दृश्य हेटौंडामा छायाँकन गरिएको नेपाली फिल्म 'माया त माया हो' को च्यारिटी सो आज सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखा र क्योकुशिन बुदोकाई कराते संघको संयुक्त आयोजनामा गत ४ गते गर्ने भनिएकॊ च्यारेटी सो बन्द हडतालका कारण स्थगित भई आज सम्पन्न भएको हो ।

समाजिक अराजकता निम्त्याउने प्रकृतिको फिल्म निर्माण संख्या ह्वात्तै बढेपछी अहिले समग्र उद्योगमा नेपाली फिल्म कतातिर भन्ने बहस चलिरहेको छ । जस कारण सेक्स ओरेन्टेड ईशुलाई सस्तो प्रचारवाजी गर्दै फिल्म निर्माण भईदिदा उद्योगले अलिकति पाएको ईज्जत पनि गुम्ने खतरा बढेको छ ।

देशको राजनीतिले नेपाली फिल्म उधोगलाई ठूलै प्रभाव पारेको छ । केहि दिन अगाडी भएका बन्द हडतालले फिल्म रिलिजलाई पर पर धल्केदै लग्दा निर्माताहरूको खर्च पनि दिन प्रतिदिन बढ्दो छ । करिब एक महिनाको बन्दले गर्दा दर्जन भन्दा बढि फिल्मले आफ्नो रिलिज डेट पोष्टपोण्ड गरे ।

