Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(94 votes, avg 4.27/5.00)
Text size:-
+
-

मेरो जीवन साथीको हल ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/11/02

युवानिर्देशक दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको लभस्टोरी फिल्म 'मेरो जीवन साथी' को हल ट्रेलर फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । आगामी मंसिर १५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो फिल्मको सार्वजनिक प्रोमो केहि दिनमा हलहरूको साथमा टेलिभिजनमा समेत हेर्न सकिनेछ ।

 

यसअघि सार्वजनिक गरिएका दुई गीतबाट राम्रो प्रतिक्रिया पाएका निर्देशक भट्टराईले प्रोमो हेरेर दर्शक हलसम्म तानिने बिश्वास व्यक्त गरे । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, 'गीत त सबैले रूचाईसक्नु भएको छ आशा छ अब यो प्रोमो हेरेर हल सम्म दर्शकहरू पुग्नु हुनेछ ।' नेपाली पन बोकेको यो फिल्म हेरेर दर्शकहरू सन्तुष्ट हुने उनको दाबी छ ।

 

सामिप्य तिमल्सिनाले लेखेको रोमान्टिक प्रेमकथामा आधारित मेरो जीवन साथीमा मल्टिस्टार राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्की, रागिनी खड्गीको साथमा नयाँ प्रस्तुतीको रूपमा शिबन पोखरेलको मुख्य अभिनय रहेको छ । यमन म्युजिकको व्यानरमा सूर्य कार्कीले निर्माण गरेको यो फिल्ममा अर्जुन पोखरेलको सुमधुर संगीत सुन्न सकिनेछ । रामेश्वर कार्कीको छायाँकन रहेको यो फिल्ममा कविराज गहतराज र शंकर बिसीको करियोग्राफी तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ ।