Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्तोष पन्तलाई मातृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2012/11/02

कलाकार सन्तोष पन्तलाई मातृ शोक परेको छ । उनको ८६ बर्षीया आमा ईन्दिराको हिजो दिउँसो १ बजे धापासी ६ स्थित आफ्नै निवासमा निधन भएको हो ।

 

कलाकारितासंगै टेलिफिल्म 'हिजो आजका कुरा' निर्देशनबाट निकै चर्चित बनेका पन्तको पिताको निधन भईसकेको छ । नयाँ निवासमा तिहार मनाउने तयारीमा जुटेको पन्त परिवार शोक परेपछि केही पर दुरीमा रहेकॊ पुरानो निवासमा तेह्र दिने काजक्रियामा जुटेको छ ।

 

यो दुखद घडीमा स्वर्गिय ईन्दिराको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति फिल्मीखबर परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।