Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`गौरी मेरो नयाँ परिचय` : केकी अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/06

मोडल टर्न एक्ट्रेस केकी अधिकारी पछिल्लो समय युवापुस्ताले मार्क गरेकी कलाकार हुन् । मोडलिङसँगै ठुलो पर्दामा पनि सक्रिय केकी अभिनित फिचर फिल्म महसुश यही साउन ३२ गते प्रदर्शनमा आउँदैछ ।

 

नवल नेपाल निर्देशित फिल्म महसुशको व्यापारिक पक्षलाई लिएर सिङ्गो फिल्म क्षेत्रले विभिन्न अड्कल बाजी सुरु गरिसकेको छ । पछिल्लो पटक रिलिजमा आउने फिल्म मध्ये राम्रो व्यापार गर्ने फिल्मको महसुशले दर्शकलाई कस्तो महसुश गराउँछ ? त्यो प्रदर्शन पश्चात थाहा हुनेछ । फिल्मको व्यापार जे जस्तो भएपनि महसुशकी मुख्य पात्र मध्येकी एक केकी अधिकारी भने प्रदर्शनलाई लिएर धेरै नै एक्साइटेड छिन् ।

 

स्वर डेव्यु केकी भन्छिन्- 'मिहेनत गरेर परिक्षा दिए पनि रिजल्ट आफ्नो हातमा छैन । दर्शकको प्रतिक्रियाको पर्खाइमा छु ।' महसुश रिजिलाई लिएर केकी यसकारण उत्तेजित छन् कि उनले कुनै फिल्ममा पहिलो पटक ग्रामिण भेगकी युवतीको भुमिका प्ले गरेकी छिन् । फिल्मकी गौरी आफ्नो क्यारेक्टर बारे भन्छिन्- 'सुदुर पश्चिम क्षेत्रको इनोसेन्ट युवतीको भुमिका प्ले गरेको छु ।'

 

वास्तविकता भन्दा फरक भुमिका प्ले गरे पनि गौरीको क्यारेक्टरमा आफु रमाएको केकी सुनाउँछिन् । केकी भन्छिन्- 'गौरी पात्र संसारिक मोहबाट टाढा छे । ऊ फुटबल खेल्न मन पराउँछे । उसका आफ्नै साथी सर्कल छन् ।' गौरी पात्रले आफुलाई फिल्म दुनियाँमा नयाँ परिचय दिलाउने केकीको विश्वास छ । आफ्नै संसारमा रमाउने गौरीको न्यून आर्थिक स्तर सुखको बाधा बन्न आइपुग्छ । त्यसपछि के हुन्छ ? महसुशकी गौरी भन्छिन्- 'यो दर्शकका लागी सप्राईज राखौं ।'

 

'दुःखको परिस्थितिमा दर्शकलाई कस्तो महसुश गर्नु हुन्छ ? दर्शकले अनुभव गर्नुहुनेछ,' केकीले भनिन् । युवापुस्ताको प्रेमकथाको फिल्ममा केकीसँगै आर्यन सिग्देल, वेनिशा हमाल मुख्य रोलमा प्रस्तुत भएका छन् । फिल्ममा कल्याण घिमिरेको लगानी छ ।