Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकेशन खोज्न हिड्यो आर्यनको फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2013/08/07

आर्यन फिल्मसको प्रस्तुती रहने नोभेम्बर रेन युनिट लोकेशन हन्टिङका लागी धरान यात्रामा निस्किएको छ । अभिनेता आर्यन सिग्देल बाहेक निर्देशक दिनेश राउत, क्यामेरा पर्सन राजेश सिंह र प्रोडक्सन म्यानेजर सूर्य बुढाथोकीले आज धरान यात्रा तय गरेका हुन् । युनिट एक सातासम्म धरान बजार आसपासमा लोकेशन खोज्न व्यस्त रहनेछ ।

 

फिल्मको करिब ५० प्रतिशत छायाँकन धरान र बाँकी काठमाण्डौमा हुनेछ । 'फिल्मको कथा धरान बजारबाट सुरु हुन्छ,' निर्देशक राउतले धरानलाई रोज्नु बारे भने- 'कथा अनुसारको लोकेशन खिच्नु हाम्रो चाहना हो ।' छेतन गुरुङको स्क्रिप्ट भनिएको नेभेम्बर रेनको सुटिङ भदौ १५ बाट प्रारम्भ हुनेछ । सुवास गिरी निर्माता रहेको फिल्ममा अभिनेता सिग्देल, नम्रता श्रेष्ठ र पूजा शर्मा लिड रोलमा प्रस्तुत हुँदैछन् ।

 

नोभेम्वर रेनमा निर्देशक सुदर्शन थापाको सहायक रोल रहने बताइएको छ । आर्यनले दिन अगाडी निर्देशक थापाको फिल्म मधुमासको सुटिङ सकाएका छन् । केही दिनमा गीतको छायाँकन हुनेछ । ताराप्रकाश लिम्वु संगीतकार रहेको फिल्मको गीत रेकर्ड भैसकेको छ । फिल्मका द्धन्द्ध निर्देशक हिमाल केसी हुन् । नोभेम्बर रेनलाई फेव्रुअरी १४ को भ्यालेनटाइन डेको अवसर पारेर रिलिज गर्ने योजना युनिटको छ ।