Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टार एफएमले `म्यूजिक` अवार्ड गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/12/10

स्रष्टा र सिर्जनालाई प्रोत्साहन दिन स्टार एफएमले आफ्नो गौरवमय ९ वर्षे यात्रा पुरा गरी १० वर्ष प्रवेश गरेको अवसरमा स्टार एफएम म्युजिक अवार्ड गर्ने घोषणा गरेको छ ।

 

स्टार एफएम बेष्ट अफ दि बेष्टले गर्ने अवार्डले सम्पुर्ण संगीतकर्मीलाई समेट्दै बेष्ट अफ दि बेष्ट सर्जक र स्रष्टाको छनौट गरेर राम्रा भन्दा राम्रा सिर्जनामा योगदानको प्रयास गर्ने एफएमका अध्यक्ष प्रदीप उदयले जानकारी गराए । राष्ट्रिय भावनाको गीत लोकगीत दोहोरी गीत, सुगम संगीत, चलचित्र गीत, एवं पप गीतका विभिन्न कलाकार एवं प्राविधिकलाई समेट्दै २४ विधामा सिर्जनात्मक आधारमा मुल्याङ्कन गर्दै अवार्ड प्रदान गर्नेछ ।



साथसाथै संगीतका धरोहरका रुपमा रहेका एक जना श्रष्टालाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने छ । स्टार एफ एमले आयोजना गर्ने यो अवार्ड आगामी माघ २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । कुनै श्रष्टाको गीत संगीत छुट्न गएका छन् भने त्यसका निमित्त मिति २०७० पौष ५ गते सम्म आफ्नो गीत दर्ता गर्न सकिनेछ ।



अवार्डका विधाहरु

१. राष्ट्रिय भावनाको गीत

२. नव प्रतिभा दोहोरी

३. नव प्रतिभा सुगम संगीत

४. उत्कृष्ट पप गायिका

५. उत्कृष्ट पप गायक

६. उत्कृष्ट पप संगीतकार

७. उत्कृष्ट समुह गायन

८. उत्कृष्ट चलचित्र गीतकार

९. उत्कृष्ट पाश्र्व गायिका

१०. उत्कृष्ट पाश्र्व गायक

११. उत्कृष्ट पाश्र्व संगीतकार

१२. उत्कृष्ट लोक दोहोरी शव्द

१३. उत्कृष्ट लोक दोहोरी गायिका

१४. उत्कृष्ट लोक दोहोरी गायक

१५. उत्कृष्ट लोक दोहोरी भाका

१६. उत्कृष्ट लोकगीत

१७. उत्कृष्ट युगल गायन

१८. उत्कृष्ट ध्वनी मुद्रण

१९. उत्कृष्ट संगीत संयोजन

२०. उत्कृष्ट सुगम संगीत गीतकार

२१. उत्कृष्ट सुगम संगीत संगीतकार

२२. उत्कृष्ट सुगम संगीत गायिका

२३. उत्कृष्ट सुगम संगीत गायक

२४ उत्कृष्ट एल्वम