Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

हँसाउन आउँदै छ `झोले` (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/10

आगामी फाल्गुन ९ गते रिलिज हुन लागेको फिल्म 'झोले'ले दर्शकलाई दुई घण्टा हँसाउने दाबि निर्देशक दिपेन्द्र के खनालले गरेका छन् । मंगलबार राजधानीमा फिल्मको पोस्टर तथा प्रोमो सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक खनालले भने- 'तपाईं फिल्म आउनुस् हँसाउने जिम्मा हाम्रो ।'

 

वर्तमान बिग्रेको फिल्म बजारलाई झोलेले सपार्ने बिश्वास निर्देशक खनालको छ । फिल्मका निर्माता टेकेन खड्काले पनि धरासायी बजारमा सफलताको खोजी गर्दै 'झोले' फिल्म लिएर आएको बताए । फिल्मका अभिनेता दयाहाङ राईले पनि फिल्म राम्रो बनेको भन्दै दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए ।

 

फिल्म वितरणको जिम्मा लिएका नरेन्द्र महर्जनले डिमाण्ड भन्दा सप्लाई बढि भएर फिल्म नचलेको भन्दै झोले फिल्म राम्रो बनेकाले चल्ने आशा व्यक्त गरे । कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिव प्रदीप उदय, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, गायक राजेशपायल राईले फिल्मको सफलताको कामना गरे ।

 

 

आस्मा फिल्मस्को ब्यानरमा निर्माण भएको 'झोले'मा दयाहाङको साथमा प्रियंका कार्की, ए गुरूङ, शंकर आचार्य, शिशिर राणा लगायतको अभिनय छ । पुरूषोत्तम प्रधानले खिचेको यो फिल्ममा हरी लम्साल र अनुपम शर्माको संगीत, शान बस्न्यातको लेखन, रेनशा राई र निलु डोल्मा शेर्पाको नृत्य, भुपेन्द्र खड्का र दयाहाङको गीत रहेको छ ।