
निर्देशक सुदर्शन थापाले यस वर्षको दशैं मदिरायुक्त नहुने बताए । किन मदिराको घनिष्ठ मित्र हुनुहुन्थ्यो र ? जिज्ञासा राखियो । 'मदिारसँग त्यस्तो निकटता होइन । तरपनि जमघट र फुर्सद हुँदा मदिरासँग रमाइलो गरिन्थ्यो,' सुदर्शनले भने ।

तीतो सत्य हेर्ने ग्रामीण भेगका दर्शक त दिपक नै दिपाको श्रीमान् हो भन्ने विश्वास गर्छन् । बेलाबेलामा दिपा भन्ने गर्छिन्- 'यदि दिपक अविवाहित हुन्थ्यो भने ऊ नै मेरो जिन्दगीको मालिक हुन्थ्यो ।'

इन्टरफेस नेपालले यस बर्षदेखि हरेक वर्ष ६० सेकेण्ड फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ ।

अभिनेत्री रेखा थापाकै लागि दर्शकले 'दामिनी' फिल्म हेर्नुपर्ने अभिनेता बिराज भट्टले बताएका छन् । रेखाले निर्माण गरेको फिल्म 'काली' र 'दामिनी' बिचको लफडा परिरहेका बेला बिराजले आफूलाई भन्दा पनि रेखालाई हेर्न दर्शक हलसम्म जानुपर्ने बताएका हुन् ।

फिल्मको राष्ट्रिय नीति बनाउन गठित कार्यदलले सञ्चारमन्त्री माधव पौडेललाई 'राष्ट्रिय चलचित्र नीति,२०७०'को मस्यौदा प्रतिवेदन बुझाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक यादव खरेलले संचार मन्त्रालयमा सञ्चारमन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे ।

दुई सन्तानकी आमा अभिनेत्री संचिता लुइँटेलमा अभिनयको प्यास मेटिएको छैन । अभिनेता निखिल उप्रेतीसँग दोस्रो घरजम गरेकी संचिताले अभिनयमा सक्रिय हुने ध्ययले ६५ केजी वजनको शरीरलाई घटाउने कसरत थालेकी छिन् ।

