Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

यो बर्ष आर्यनका धेरै फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/01/22

‘किस्मत डेव्यु’ अभिनेता आर्यन सिग्देल केही समय चुजी बने । ‘उत्कृष्ट स्क्रिप्ट’ रोज्ने भन्दै आर्यनले थुप्रै फिल्मका निर्मातालाई खाली हात फर्काए । आर्यनको चुजीपन लामो समयसम्म टिक्न सकेन ।

 

छानेर फिल्म खेल्ने भनिएका अभिनेता सिग्देलले एक वर्षको बिचमा भटाभट फिल्म साइन गरे । आर्यनले जति फिल्म साइन गरे, प्रायः प्रदर्शनमा आइसकेका छन् । आर्यन अभिनित फिल्म बर्ष २०७० मा धेरै प्रदर्शनमा भए । आर्यन अभिनित ‘महसुश’, ‘दबाब’, ‘मधुमास’ र ‘लोफर’ फिल्म यसै वर्ष प्रदर्शनमा आए । विडम्वना आर्यनका कुनै पनि फिल्मले व्यापारिक सफलता हात पार्न सकेनन् ।

 

गत सालको दशैंमा आर्यन अभिनित ‘धुवाँ यो नशा’ र ‘के म तिम्रो साथी बन्न सक्छ’ एकसाथ प्रदर्शनमा आएका थिए । आर्यनकै अर्को फिल्म ‘कलिउड’ गत बर्षमै प्रदर्शन भएको थियो । यो वर्ष आर्यनको समेत लगानी रहेको भनिएको फिल्म ‘नोभेम्वर रेन’ चैत १४ गते प्रदर्शन हुँदैछ । फिल्मको व्यापार निराशकै भएपनि बर्ष सर्वाधिक फिल्म प्रदर्शन हुने कलाकारको लिस्टमा आर्यन पर्न आएका छन् ।

 

आर्यन अभिनित छवि ओझाको ‘लज्जा’ फिल्म भने अर्को बर्ष प्रदर्शन हुनेछ । यो बर्षको तुलनामा आउँदो बर्ष सम्भवतः आर्यनका कमै फिल्म प्रदर्शन हुनेछन् ।