
अभिनेत्री सृजना बस्नेतले करिब ३ महिना अघि पूर्व स्वर्गीय पती बिजु रञ्जितको परिवार विरुद्ध अंशवन्डाको मुद्दा दायर गराएकी थिइन् । अंशवन्डाको मुद्दामा अभिनेत्री बस्नेतको जित भएको छ ।

चर्चित निर्माता छबिराज ओझाले पछिल्लो पटक निर्माण गरेको फिल्म 'लोफर'को ट्रेलर रिलिज गरिएको छ । नवनिर्देशक आदित्य विक्रम लम्सालले फिल्मको प्रोमोलाई पूर्ण मसलेदार बनाएका छन् ।

दशैँ नेपालीहरुको महान चाड हो । यो पर्वलाई सम्पुर्ण नेपालीहरुले विशेष रुपमै मनाउँछन् । यहि भीडमा दशैँलाई फिल्मकर्मीहरुले कसरी मनाउँदैछन् त ? हामीले केहि फिल्मकर्मीहरुलाई सोधेका थियौँ, के छ दशैँ प्लान ?

राजनीति फिल्मकी अभिनेत्री कोमल ओलीले भ्रष्ट्राचारमा दोषी ठहर भइ जेल जीवन बिताएका काङ्ग्रेस नेता खुमबहादुर खड्कालाई डिल्लीबजार कारागारमै गएर भेट गरेकी छिन् ।

केही समय अघि मापसे काण्डले मिडियाको मसला बनेका कलाकार दिपकराज गिरीले राजनीतिक दलले कलाकारलाई कण्डमको रुपमा प्रयोग गरेको बताएका छन् । तीतो सत्यका दिपक भन्छन्- 'राजनीतिक दलले हामीलाई कण्डम जसरी प्रयोग गर्छन् र मिल्काइ दिन्छन् ।'

दशैं मुडमा रहकी सुष्मा भन्छिन्- 'अब चुम्वन र वेड सिनका फिल्म गर्दिंन ।'

