Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`मोक्ष`लाई सफलताको `ग्रीन सिग्नल`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/23

फिल्म ‘मोक्ष’ लाई प्रदर्शनपूर्व ग्रीन सिग्नल मिलेको छ । निर्देशक प्रविन श्रेष्ठकै ‘स्पाइनल इन्जुरी’(मेरुदण्ड पक्षघात)लाई मुख्य विषय बनाइएको फिल्मलाई जय नेपाल हलको च्यारेटीमा सहभागीले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

 

अपाङ्गता क्षेत्रमा काम गर्ने ‘सक्षम नेपाल’ नामक संस्थाको सहयोगार्थ ‘मोक्ष’ को च्यारेटी गरिएको हो । सुनिल मानन्धर निर्मित फिल्म ‘मोक्ष’ यही माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । ‘मोक्ष’मा कोशिस क्षेत्रीले निर्देशक श्रेष्ठको भूमिका निभाएका छन् । फिल्मको पात्रलाई न्याय गरेका कोशिस बाबुको १३ औं पुण्य तिथिका कारण च्यारेटीमा सहभागी हुन पाएनन् । कोशिससँगै फिल्ममा वेनिशा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, बसन्त भट्ट, सपना श्रेष्ठ, विशाल ढुङ्गाना र रश्मी भट्टको मुख्य भूमिका छ ।

 

साँगीतिक ब्यान्ड र मेरुदण्ड पक्षघातले ब्यान्ड तथा व्यक्तिको जीवनमा आउने उतार चढावलाई मुख्य विषय बनाइएको ‘मोक्ष’को कथा, पात्र अभिनय, संगीत तथा कमेडी पक्षलाई च्यारेटीमा सहभागीले अध्याधिक रुचाए । अभिनेत्री निशा अधिकारीले भनिन्- ‘फिल्मको गुणस्तर स्तरीय रहेको पाएँ । फिल्मको च्यारेटी र प्रदर्शन प्रचारको लागि म सक्रिय हुनेछु ।’