सुनिल मानन्धर निर्मित फिल्म ‘मोक्ष’ को प्रिमियर गरिने भएको छ । यही माघ ९ गते बिहान ८ बजे जय नेपाल हलमा सञ्चारकर्मी तथा सिमित फिल्मकर्मीका बिच ‘मोक्ष’ प्रिमियर गरिने निर्माता मानन्धरले बताए ।
.jpg)
अपाङ्गता भएकाहरूको सहयोगमा संलग्न सक्षम नेपालले गर्न लागेको च्यारिटी शोसँगै फिल्मको प्रिमियर गर्न लागिएको हो । प्रिमियरको आवश्यकता बारे निर्माता मानन्धरले भने- ‘यो एउटा सत्य दुःखद दुर्घटनामा आधारित फिल्म हो । सार्वजनिक प्रदर्शनमा सहयोग पुगोस् भनेर प्रिमियर गर्न लागिएको हो ।’
‘मोक्ष’ निर्देशक प्रविन श्रेष्ठको दुःखद दुर्घटना तथा साँगीतिक यात्रासँग सम्बन्धित छ । यहि माघ २४ गते रिलिज हुन लागेको यो फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ ।

