Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

राजेशको उद्घाटन जीवनको समापन

फिल्मीखबर, काठमाण्डौ, 2014/01/22

अभिनेता राजेश हमालले पुस २६ गते कैलालीको ‘अत्तरिया साँस्कृतिक महोत्सव २०७०’ को उद्घाटन गरे । जुन महोत्सवको समापन अभिनेता जीवन लुइँटेलले गरेका छन् ।

 

यही सोमबार अत्तरिया पुगेका जीवनले हजार बढी दर्शकका बिच महोत्सवको समापन गरेका हुन् । सृजनशिल युवा क्लबको आयोजना रहेको ‘अत्तरिया साँस्कृतिक महोत्सव’ दर्शकसँग प्रत्यक्ष साक्षत्कार गर्ने अवसरका रुपमा लिएको जीवनले बताए । ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, नाइ नभन्नु र गाला रातै गीतमा म भन्दा दर्शक बढी नाच्नु भयो,’ जीवनले सुनाए, ‘सुदुर पश्चिमको सुन्दर परिवेश र देउडा गीतले मलाई आकर्षण गर्यो ।’

 

युवावर्गको प्रोत्साहनको लागि आयोजना भएको महोत्सवमा उपस्थित हुन पाउँदा खुसी लागेको जीवनले बताए । राजधानीबाट टाढा भएपनि प्राकृतिक रुपमा सुदुरपश्चित निकै धनी रहेको ‘नोटवुक’ नायकको अनुभव छ । उनले भने- ‘नेपाली फिल्मलाई माया गर्र्ने दर्शक मैंले यहाँ पाएँ ।’ फिल्मै नखेली मेला तथा महोत्सवमा हिंड्नु गलत रहेको तर्क गर्ने जीवन भन्छन्- ‘यस्ता सार्वजनिक कार्यक्रममा हिंड्दा दर्शकसँग प्रत्यक्ष भेटेर माया साट्ने अवसर मिल्छ ।’