अभिनेत्री निशा अधिकारी र निर्माता सुनिल मानन्धरको सम्बन्धलाई लिएर रजतपटमा चर्चा हुने नगरेको होइन । निर्माता मानन्धरको फिल्म ‘मायाज बार’ खेलेपछि निशा र सुनिलबिच सम्बन्ध विस्तार भएको हो ।

सुनिल र निशाको सम्बन्ध कस्तो ? उनीहरु दुई जनाले भने यस बारेमा केही भनेका छैनन् । अभिनेत्री अधिकारी र निर्माता मानन्धरको सम्बन्ध कतिसम्म बलियो रहेछ भन्ने कुरा फिल्म ‘मोक्ष’ च्यारेटीमा स्पष्टै देखियो । प्रचार प्रसारमा समेत रोजेका सुनिलले अभिनेत्री अधिकारीबाट ‘मायाको चिनो’ उपहार पाए । निशाले निर्माता मानन्धरलाई उपहार दिएको उक्त दृश्य जय नेपाल हलमा हेर्न लायकको बन्यो ।
के उपहार दिनु भयो ? भन्ने प्रश्नमा निशाले ‘सगरमाथाबाट ल्याएको स्टोन (ढुङ्गा)’ भन्ने उत्तर दिइन् । निशाले ‘स्टोन’ नै किन उपहार दिइन् ? यो प्रश्न भने रहस्यमै बस्यो । निर्माता मानन्धर हिरोइनले उपहार दिएपछि मख्खै भए । ‘मोक्ष’ हेरेपछि निशाले फिल्मको प्रोमोशनमा झनै जुट्ने समेत बचन दिइन् ।

