Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.60/5.00)
Text size:-
+
-

जीवन लुईंटेलको `सिल्भर जुब्ली`मा `एप्स` सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/23

अभिनेता जीवन लुईंटेलका बारेमा तपाईं के जान्न चाहनुहुन्छ ? जीवनका बारेमा बुझ्न चाहने शुभचिन्तकले मोबाइलमै उनलाई सर्च गर्न सक्नेछन् । आधुनिक प्रविधिको सदुपयोग गर्दै अभिनेता लुईंटेलले आफ्ना बारेमा सम्पूर्ण जानकारी उपलब्ध हुने 'एप्स' सार्वजनिक गरेका छन् ।


आइफोन बाहेकका एन्ड्रोइड मोबाइलमा Jiwan Luitel सर्च गरी एप्स डाउनलोड गर्न सकिनेछ । त्रिपुरश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा एक प्रेसमिट गर्दै जीवनले भने- 'भर्चुअल प्रविधिको प्रयोग गरौं भनेर एप्स सञ्चालनमा ल्याएको हुँ । फ्यानसँग प्रत्यक्ष रुपमा साक्षत्कार गर्ने मेरो चाहना हो ।'


१२ बर्षे फिल्म करिअरमा २५ औं फिल्म 'ब्ल्याक एण्ड हवाइट'मा अभिनयको लागि अनुबन्धन भएको अवसरमा सन् २००२ का मिस्टर नेपालले एप्स लञ्च गरेका हुन् । रोचक कुरा, जीवनको सिल्भर जुब्ली (२५ औं) फिल्म 'ब्ल्याक एण्ड ह्वाईट'लाई नेपालमा पहिलो पटक सिल्भर जुब्ली मनाएको फिल्म 'कुसुमे रूमाल'को प्रदर्शनताका जन्मेका निरक पौडेलले गर्दैछन् । यिनै निरकले सिल्भर जुब्ली मनाएको 'कुसुमे रूमाल'को 'सिक्वेल' बनाएका थिए ।
 

आइफोनका लागि पनि एप्स छिटै नै तयार गरिने सनबी डिजाइन स्टुडियोका क्रियटिभ डिरेक्टर बिजय बराकोटीले जानकारी गराए । जीवनको एप्स नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरीले सार्वजनिक गरेका हुन् । जीवनको यो एप्स फेसबुक तथा ट्वीटरमा मात्रै सिमित रहने नेपाली कलाकारका लागि वर्ल्डवाइड हुन प्रेरणाको श्रोत बन्न सक्छ । यस्तै जीवनको बारेमा थप जानकारी लिन www.jiwanluitel.com नामक वेभसाईटमा जान सकिन्छ । यद्यपी जीवनको एप्समै उनले गरेका काम र सुचना हेर्न सकिन्छ ।

 


थोरै मात्र नेपाली कलाकारको वेभसाइट छ भने प्रविधीको नयाँ रूप एप्समा भने धेरैको ध्यान गएको छैन । आश गरौं अब जीवनको यो एप्सले सेलिब्रेटीलाई प्रबिधीको सदुपयोग गर्न सहयोग पुर्‍याउने छ ।