Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.83/5.00)
Text size:-
+
-

सक्कली र नक्कली सलमानबिच प्रतिस्पर्धा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/23

आमिर खानको 'धुम थ्री' प्रदर्शनताका जस्तै सलमान खानको ‘जय होस्’ रिलिज हुने माघ १० गतको शुक्रबार कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शन नहुने भएका छन् । सिङ्गल तथा मल्टिप्लेक्स हलमा सलमान खान छाउने भएपछि नयाँ नेपाली फिल्म प्रदर्शन गर्नबाट निर्माता पछि हटेका हुन् ।

 

खानका फिल्मसँग नेपाली निर्माता कहिलेसम्म डराउने ? यो शुक्रबार नयाँ नेपाली फिल्म प्रदर्शन नभएपनि फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ प्रदर्शनको तेस्रो सातामा पाइला राख्दैछन् । सालमान खानको 'जय होस्'सँग बिशेषतः मल्टिप्लेक्स पर्दामा कमेडी फिल्म 'छ एकान छ'सँग प्रतिस्पर्धा पर्ने देखिएको छ । प्रदर्शनको दोस्रो सातामा पनि यस फिल्मलाई हेर्न सिङ्गल तथा मल्टिप्लेक्स पर्दामा दर्शकको उपस्थिति राम्रो नै रहेको निर्माण युनिटको रिपोर्ट छ ।

 

राजधानी तथा मोफसलका ७० बढी पर्दामा 'छ एकान छ'ले प्रदर्शनको अवसर पाएको छ । 'छ एकान छ'ले उक्त पर्दा 'जय होस्' का लागि खाली गर्नेपर्ने देखिएको छ । ‘छ एकान छ’ मा नक्कली सलमान बनेका दिपकको फिल्मलाई सक्कली सलमान भारी हुने देखिएको छ ।