केही समय अगाडि प्रदर्शनमा आएको फिल्म 'ढुवानी'की आईटम गर्ल अर्चना देलाल बंगाली फिल्ममा अनुबन्ध भएकी छिन् । तानविन रफिकले निर्देशन गर्ने नाम तय नगरिएको एक फिल्मको मुख्य भूमिकामा आफू अनुबन्धित भएको अर्चनाले जानकारी दिईन् ।
बंगालदेशको एक चर्चित पत्रिका ढाका लाइभसँगको कुराकानीमा निर्देशक रफिकले नेपाली युवती अर्चनालाई अनुबन्ध गरेको पुष्टि गरेका छन् ।पहिलो पटक निर्देशन गर्न लागेका रफिकले अर्चना प्रतिभाशाली भएका कारण फिल्ममा लिएको बताएका छन् । बंगालदेश सहितका अन्य देशका कलाकारलाई फिल्म खेलाउने प्रयास भइरहेको उनले बताएका छन् ।
फिल्मलाई बंगलादेश क्लाउड ९ र नेप्लिज स्टारडम इन्टरटेन्मेन्ट फिल्मस्ले मिलेर निर्माण गर्न लागेको छ । थ्रिलर उक्त फिल्मको ९० प्रतिशत छायाँकन नेपालमा र बाँकी बंगलादेशमा गर्ने योजना बनाएको छ । बंगाली फिल्ममा खेल्न पाउँदा खुसी देखिएकी अर्चनाले करियर एउटा फड्को उक्लेको बताईन् । यस्तै उनले राम्रो काम गरेर दर्शकमाझ चिनिने समेत बताईन् ।
साजन श्रेष्ठले निर्देशन गर्ने 'फ्रेण्डस्' फिल्ममा समेत अनुबन्धित भएकी अर्चना अष्ट्रेलिया निवासी हुन् । उनी अहिले नेपालमा आफ्नो करिअर निर्माणमा छिन् ।

