
बलिउडको 'रामलीला' प्रदर्शनमा नआउँदै नेपालमा पनि यही नामलाई सापटी लिएर नेपालमा फिल्म निर्माण गर्ने गृहकार्य सुरु भएको छ ।

अभिनेत्रीद्धय करिश्मा मानन्धर र झरना थापा यतिबेला देश बाहिर छन् । दशैंको छेको पारेर यी पाका अभिनेत्री साँस्कृतिक कार्यक्रम लिएर हङकङ र युरोप निस्किएका हुन् ।

बि.सं. २०६७ सालमा रिलिज भएर सफलता हात पारेको फिल्म 'नाइ नभन्नु ल'को सिक्वेलको रूपमा 'नाइ नभन्नु ल २'को सुटिङ आज सोमबारबाट शुरू गरिएको छ । विकास आचार्यको निर्देशनमा अभिनेता तथा चर्चित भिजे सुरज सिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले पहिलो टेक दिए ।

'तक्मे बुढा' हिट क्यारेक्टरलाई अब ठुलो पर्दामा पनि देख्न पाइने भएको छ । 'तक्मे बुढा लस्ट इन लण्डन' वर्किङ टाइटलमा फिल्म बनाउने गृहकार्य हुँदैछ ।

हिन्दी फिल्म 'तेरे इश्क में'को टाइटल गीतमा नेपाली पाश्र्व गायिका मनिषा पोखरेलको स्वर रेकर्ड गराइएको छ । सँगै उनले फिल्मको एउटा आइटम गीतमा पनि स्वर रेकर्ड गराएकी छिन् ।

चुरोट खाएको दृश्यलाई आधार बनाउँदै चलचित्र जाँच पास समितिले आगामी शुक्रबार रिलिज हुने फिल्म 'मधुमास'लाई 'पिजी' सर्टिफिकेट दिएको छ । तर, फिल्म निर्माता बाबुराम दाहालले 'धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ' भन्ने सुचना राख्दा राख्दै पनि 'पिजी' सर्टिफिकेट दिएकोमा आपत्ति जनाए ।

